थ्री एन्जल्स नेपालको सामुदायिक विद्यालयमा रु ५० हजार सहयोग

जुना थापा १८ मंसिर  पोखरा ।थ्री एन्जल्स नेपालले पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई अक्षयकोष स्थापनार्थ रु ५० हजार सहयोग गरेको छ ।

अक्षयकोष रकम हस्तान्तरण गर्दै थ्री एन्जल्स नेपालले पोखराका संस्थापक कार्यकारी निर्देशक डा.राजेन्द्र गौतमले थ्री एन्जल्स नेपालको आफ्नै संस्थागत विद्यालय भएतापनि पोखरा १५ को एकमात्र सामुदायिक विद्यालय भएको र सो विद्यालयको उन्नयन र विकास भएमा वडा नं. १५ नै शिक्षित हुने बताउनुभयो ।

सिद्ध माविमा विगत धेरै वर्षदेखि नै विभिन्न खालका सहयोग गर्दै आएको र भविष्यमा पनि आवश्यक परेमा सधैँ सकेको सहयोग गर्न तयार रहेको गौतमले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले वडाको सामुदायिक विद्यालय सिद्ध माविमा निम्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने र उनीहरुको शैक्षिक प्रगतिका लागि विद्यालय र वडा नम्बर १५ लागी परेको बताउनुभयो ।

थ्री एन्जल्स नेपालले आज मात्र नभइ विगतमा महायज्ञमा पनि सहयोग गरेको, सार्वजनिक जग्गा राती खहरेमा वृक्षरोपणमा विरुवा र तारजाली र विद्यार्थीका लागि झोला तथा शैक्षिक सामग्री पनि वितरण गरिसकेकाले थ्री एन्जल्स नेपाललाई धन्यवाद दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक गुरुदत्त कोइरालाले स्वागत मन्तव्य र शैक्षिक प्रमुख जुना थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments