थिंगको संयोजकत्व १५ सदस्यीय समिति गठन, ई. गुरुङगलाई विजयी गराउन जुट्ने

पोखरा, मंसिर ०४-समाजवादी पार्टी निकट मोर्चा समाजवादी तामांग संघ कास्कीको जिल्ला भेला आयोजक समिति, केश बहादुर थिंगको संयोजकत्व १५ सदस्यीय समिति गठन भएको छ ।

तयारी बैठक पार्टी केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सह ईन्चार्ज धनप्रसाद तामांग, केन्द्रीय सदस्य कुम बहादुर तामांग र प्रदेश उपाध्यक्ष दिपक वाईबाको पहलकदमीमा भएको थियो ।

बैठकले कास्की क्षेत्र नं.२ प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार ई. धर्मराज गुरुङगलाई विजयी गराउन तिब्र गतिमा चुनावी अभियानमा जुट्ने, मंसिर २१ गते तामाङ जिल्ला भेला गर्ने निर्णय गरेको समाजवादी पार्टी कास्की कार्यालय सचिव दीनेश पौडेलले जानकारी दिनुभएको छ ।

Facebook Comments