तेक्वान्दोका भुपेनले जिते स्वर्ण

काठमाडौं १९ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद साग तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

बिहीबार ८७ केजीमुनि प्रतिस्पर्धा गरेका उनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा हराएर स्वर्ण जितेका हुन् । पहिलो र दोस्रो राउण्ड निकै प्रतिस्पर्धात्मक थियो तर भुपेनले तेस्रो राउण्ड आफ्नो पक्षमा पार्न सफल भए ।

यससँगै नेपालले १३औं सागमा तेक्वान्दोतर्फ १२ स्वर्ण जितेको छ । अनलाइनखबर

Facebook Comments