तस्करको सामान बरामद गर्ने क्रममा धनुषामा ६ राउण्ड हवाई फायर

धनुषा । प्रहरीले धनुषाको हंसपुर नगरपालिकाको निकालमा ६ राउन्ड हवाइ फायर गरेको छ । तस्करले लुकाएर राखेको सामान बरामद गर्ने क्रममा अवरोध भएपछि प्रहरीले हवाइ फायर गरेको हो ।

तस्करले स्थानीय महिला र बालबालिकालाई अघि सारेर सामान बरामद गर्न अवरोध गरेपछि प्रहरीले हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।गाउँमा तस्करीको सामान भण्डारण गरेको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको उनले बताए । बरामद गरिएको सामान अन्दाजी २५ लाख रुपैयाँ बराबरको हुनसक्ने एसपी खनालले बताए ।

Facebook Comments