तरुण दल कास्की र पोखरा नगरको सहयोगमा नदीपुर यूनाईटेड क्लवद्वारा घर घरमा खाना, वैशाख २५ सम्म २० हजारलाई खुवाउने

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख १२

नदीपुर यूनाईटेड क्लवले नेपाल तरुण दल कास्की र तरुण दल पोखरा नगरको सहयोगमा पोखरामा दैनिक खानपानमा समस्या भएकाहरुको लागि खाना पकाई घर घरमा पुर्याउने अभियान जारि राखेको छ ।

शुक्रवार पोखरा वडा नं २ को बसपार्क, १८ को अधेंरीकुना, ५ को मालेपाटन, १७ को विरौटा, १६ को दीप, ११ को फूलवारी लगायतका स्थानमा गरि ५०० जनालाई खाना पुर्याईएको छ । क्लवले दिनमा १ हजार जनाको दरले आगामी वैशाख २५ गतेसम्म २० हजार मानिसलाई खाना खुवाउने अभियान चलाएको छ ।

लकडाउनको कारण दैनिक खाना खाने समस्या भएकाहरुको लागि खाना पकाएर प्याकिङ गरेर तत् क्षेत्रमा गएर खाना वितरण गर्ने अभियान जारि राखिएको कार्यक्रमका संयोजक तरुण दल पोखरा नगर अध्यक्ष महेन्द्र पुन “भान्जा” ले बताउनु भयो ।

तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले विपत्तिको बेलामा नेपाल तरुण दल संवेदनशिल भएर लागिरहेको बताउनु भयो । जनतालाई दुःख, कष्ट आईपरेको बेलामा सधैं खटिएर काम गर्दै आउनु हाम्रो दायित्व हो, कोरोनाभाइरसको कहर परेको बेलामा राहत वितरण तथा दैनिक खानपानमा समस्या भएकाहरुको लागि लागिपरेको गुरुङले बताउनु भयो ।

अध्यक्ष गुरुङले तरुण साथीहरु विभिन्न टोलमा राहत वितरण तथा खाना खुवाउने काममा खटिएको बताउनु भयो । नदीपुर यूनाईटेड क्लवका साथीहरुले कोपिलढुंगामा खाना पकाएर पोखरा विभिन्न स्थानमा दैनिक खाना वितरण गरिरहेको कार्य निकै सह्रानिय भएको बताउनु भयो । उहाँले भन्नुभयो :“सरकारले बनाएका नीति नियमको पालना गरेर आफ्नै घरभित्र बस्न सबैलाई आग्रह गर्दछु, कुनै समस्या छ भने हामी त्यहाँ आईपुग्छौं, घरमै ढुक्क भएर बसौं ।”

नदीपुर यूनाईटेड क्लवका अध्यक्ष नविन आलेले तरुण दल कास्कीका अध्यक्ष, नगर अध्यक्षको हौसला र सहयोगले टोल टोलमा खाना पकाएर वितरण गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउनु भयो ।

हामी क्लवका साथीहरु मिलेर सहयोग उठाएर दैनिक २०० देखि ५०० जनालाई खाना खुवाई रहेका छौं, आलेले भन्नुभयो :“कोहि पनि भोकै बस्न नपरोस् भनेर खाना खुवाउने अभियान चलाएका हौं ।” यहि क्रममा सबैलाई बेला बेलामा हात धुने, मास्कको प्रयोग गर्ने र घरभित्र बस्न आग्रह गरिरहेको आलेले बताउनु भयो ।

aarju
aarju
aarju
Facebook Comments