तमु धिंमा च्यु ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पोखरा १० पुस । तमु जातिको नयाँवर्ष, महान चाड एवम राष्ट्रिय पर्व तमु ल्होछार २०७६ च्यु ल्हो(मुसा वर्ग)आगमनको अवसरमा तमु धिं नेपाल केन्द्रीय आमा समितिले शुभकामना आदानप्रदान, विविध साँस्कृतिक कार्यक्रम तथा जलपान कार्यक्रम सम्पन्न गरेको छ।

तमु धिं नेपालको च्यु ल्होछार मनाउने कार्यक्रम अन्र्तगत तमु धिं नेपाल केन्द्रीय आमा समितिका आयोजना पोखरा ९ नयाँ बजारमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

च्यु ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै उपप्रमुख गुरुङले सँस्कृतिले समृद्ध तमु समुदायले अब व्यवसायिक, प्रसासनिक, राजनीतिक क्षेत्रमा पनि जोड दिनुपर्ने बताउनुभयो। समुदायको अधिकारका लागि आफु सधै अघि बढ्ने उहाँको भनाई थियो। प्रमुख अतिथि उपप्रमुख गुरुङले पोखरा महानगरपालिकाले महिला, आदिवासी जनजाति र विपन्न वर्गका लागि प्रदान गर्दै आएको सेवा सुविधाको जानकारी दिनुहुदै महानगरले प्रदान गर्ने सुविधा एवम अवसरको उपभोग गर्न तमु आमा समितिहरुले ध्यानाकर्षण गर्नुभयो।

सामुहिक च्यु ल्होछार÷ल्होसार मुल आयोजक समितिका संयोजक तथा ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर गुरुङले शुभकामना दिनुहुदै अधिकार प्राप्तिका लागि एकता जरुरी रहेको बताउनुभयो। निर्वाचनमा बेलामा पहिचान विरोधीलाई भोट दिने, अनि पुष १५ मा बिदा माग्ने जस्ता प्रवृतिले तमुहरु हेपिदै चेपिदै आएको दावी गर्नुभयो।

नेपाल तामाङ धेदुङ प्रदेश नं.४ का अध्यक्ष दिपक तामाङले च्यु ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै विभेदमा पारिएकाहरु एक नभए आन्दोलनबाट प्राप्त अधिकार पनि खोसिदै आएको बताउनुभयो।ल्होछार विदाको अधिकार प्राप्तिका लागि नै भए पनि तमुहरु लगायत सबै आदिवासीहरुको एकताका लागि आव्हान गर्नुभयो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै च्यु ल्होछारले तमुहरुलाई निरन्तर जुटिरहने प्रेरित गर्ने अपेक्षा गर्नुभयो। उहाँले च्यु ल्होछारको कार्यक्रमहरुको बारेमा जानकारी दिनु हुदै तमुहरु अब रमाउने मात्रै होइन अधिकार खोज्नुपर्दछ, लाहुरे मात्रै होइन लोकसेवा आयोगमार्फत मुलुकको प्रसासक बन्नुपर्ने, घरका दराजमा व्हीस्की होइन पुस्तकले सजिनुपर्नेमा जोड दिनुभयो।

प्लान इन्टरनेशनलकी डा.चेतकुमारी गुरुङले शुभकामना व्यक्त गर्नुहुदै प्लान नेपालले युवतीहरुका लागि रोजगारी, व्यवसायिकता तालिमको राम्रो अवसर आफुहरुले लिएर आएकाले सहभागीताका लागि आग्रह गर्नुभयो।

कार्यक्रममा दीप प्रज्वलनका साथै १०८ बत्ती बालिएको थियो भने आमाहरुले शुभकामना मोन्लम पाठ गरेका थिए। कार्यक्रममा पैयुखोला तमु समाज, खिलाङ तमु समाज, फिर्के तमु समाज, मिलिजुली विजयपुर तमु समाजको तर्फबाट साँस्कृतिक प्रस्तुतिले कार्यक्रम मनोरञ्जनात्मक बनाएको थियो। उक्त कार्यक्रमका ल्होछार शुभकामना सहित चियापान कार्यक्रम समेत गरिएको थियो।

तमु धिं नेपाल केन्द्रीय आमा समितिकी कार्यवाहक अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा द्धितिय उपाध्यक्ष पवित्रा गुरुङले स्वागत र सहसचिव बालकुमारी गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यसै गरी तमु धिं नेपालले पुस १३ गते ल्होछार साँस्कृतिक विशेष कार्यक्रम तमु धिं मै आयोजना, पुस १४ गते रक्तदान कार्यक्रम, सरसफाई, तमु ह्युला चोकमा दिप प्रज्वलनका साथै तमु धिंमा स्यो कैं गरिने भएको छ।

पुस १५ गते समाज समाजमा, गुम्बा र क्होइवोमा ल्होछार भव्यताका साथ भनाउने भएको छ भने पुस १६ गते कस्केली गुरुङहरु लेखनाथको तालचोकमा भेला भई शुभकामना र्यालीसहित भण्डारढिकस्थित खेलमैदानमा सामुहिक ल्होछार÷ल्होसार कार्यक्रम गर्ने आयोजकले जनाएको छ। र्यालीमा प्रथम हुने समाजलाई २० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई १० हजार रुपैयासहित पुरस्कृत गरिने भएको छ। यस्तै गरी तमुहरुको परम्परागत खेल छेलोका विजेतालाई मादी गाँउपालिका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले आफ्नो बुबा टेकसाई गुरुङ स्मृतिमा प्रथमलाई १५ हजार र दोश्रोलाई १० हजार रुपैयाले पुरस्कृत गर्नुहुनेछ। तमुहरुको परम्परागत खेल छेलोको संरक्षण र विकासका लागि तमु धिं नेपालले सञ्चालन गरिदै आएको छेलो प्रतियोगिता सामुहिक ल्होछार÷ल्होसार कार्यक्रममा शुरु भए पश्चात सामुहिक ल्होछारमा युवा आकर्षण कार्यक्रम बन्दै आएको छ।

Facebook Comments