डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं १ पुष । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो।

योसँगै काठमाडौं, सुर्खेत र दिपायलमा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य ९८ रुपैयाँ प्रतिलिटर कायम भएको छ, भने पोखरा र दाङमा ९७ रुपैयाँ ५० पैसा तथा तराईमा ९६ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्दा खरिद मूल्य बढेको र ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

Facebook Comments