डा.केसीको १७ औं अनशन डडेल्धुराबाट, नयाँ माग :“डोटी वा डडेल्धुरामा मेडिकल कलेज खोल”

अन्नपूर्णअनलाइन/पोखरा, कात्तिक १८-चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आएका डा.गोबिन्द केसीले १७ औं चरणको अनशन आज सुदूपश्चिमको डडेल्धुराबाट शुरु गरेका छन् । डा.केसीले जिल्लास्थित पत्रकारहरुलाई जानकारी दिदैं अनशन शुरु गरेका हुन ।

हालै त्रिवि शिक्षण अस्पतालबाट सेवा अवकास पाएका डा.केसीले १७ औं पटकको अनशन बस्न डडेल्धुरा पुगेको बताए । डा.केसीले यसअघि काठमाडौंमा चिकित्सक संघको केन्द्रिय कार्यालयमा अनशन बस्ने चाहे पनि ठाउँ नपाएपछि डलेल्धुरा पुगेको बताए ।

उनले भनेका छन्ः ‘मेरो १७ औं अनशन डडेल्धुराबाट शुरु गरेको छु, बेलुकासम्म पनि सरकारले आफ्ना मागको बारेमा केहि नसुनेपछि अनशन नबसिनहुने भयो र बसें ।” डा.केसी डडेल्धुरा सदरमुकाम अमरगढी अस्पताल रोडस्थित नीजि क्लिनिक भएको घरमा अनशन बसेका हुन ।

डा.केसी नेपालका निजी मेडिकल कलेजले अवैधरुपमा असूल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरुको उपचारको लागि सरकारी खर्चमा विदेश जाने परिपाटीलाई रोक्नुपर्ने, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाही गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।

नयाँ दुई माग पनि केसीले थपेका छन् । ६ वुँदे मागमा डडेल्धुरा अस्पतालमा रीक्त दरबन्दि तुरुन्त पूर्ति गनुृपर्ने तथा डोटी र डडेल्धुरा मध्य एक जिल्लामा मेडिकल कलेज खोल्नुपर्ने रहेका छन् ।

चिकित्सा शिक्षाभित्र देखिएको विकृति अन्त्य गर्न सरकार उदासीन देखिएको छ, सरकारलाई अल्टिमेटम दिदा पनि सुनेको छैन, डा.केसीले भने :“त्यसैको सुनुवाईको लागि १७ औं पटकको अनशन हो ।” चिकित्सा शिक्षामा सुधार हुनुपर्ने माग गर्दै यसअघि १६ औँ अनशन इलाम पुगेर गरेका थिए ।

डा.केसी उमेर हदवन्दिको कारण गएको असोेज २७ गते कार्यरत शिक्षण अस्पतालबाट सेवा निवृत भएका हुन ।

Facebook Comments