डायलाइसिसका लागि अस्पताल गए प्रधानमन्त्री ओली

काठमाडौं कार्तिक १७ । प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) पुन अस्पताल गएका छन् ।प्रधानमन्त्री ओली आइतवार(आज) विहान ९ बजेपछि धापासीस्थित ग्राण्डी अस्पताल गएका हुन् । डायलाइसिस गर्न का लागि उनी अस्पताल गएका हुन् ।‘डायलाइसिसका लागि प्रधानमन्त्री अस्पताल प्रस्थान गर्नुभएको छ’ प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले खबरहबसँग भने, ‘अस्पतालबाट आएपछि मन्त्रिपरिषद् र सचिवालय बैठक हुनेछ ।’

मिर्गौलामा पुन समस्या देखिएपछि बुधबार प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । बुधबार र विहीवार डायलाइसिस गरिएपछि ओली विहीवार साँझ बालुवाटार फर्किएका थिए ।

शनिवार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको जानकारी गराएका थिए ।‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारेमा दुईवटा विकल्प मात्रै छन्,’ बैठकमा ओलीले भनेका थिए ।

उनले बैठकमा नेताहरुलाई आफ्नो स्वास्थ्य बारे जनाकारी गराउँदै भनेका थिए,‘छिनछिनमै असहज भएपछि डायलाइसिस गरिएको थियो, भोलि फेरि डायलाइयिसस गर्नुपर्ने छ तर म एकदमै सिकिस्त छैन ।’प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । त्यस्तै सत्तारुढ दल नेकपाको सचिवालय बैठक पनि आज बस्दैछ ।खबरहब

Facebook Comments