“ठूलो कुरा सामाजिक उत्तरदायित्व नै हो, पोखरा महोत्सव रीत भईसक्यो’:श्रेष्ठ

by:vice president of united club pokhara-raju shrestha

अनलाइनअन्नपूर्ण/पोखरा, माघ १-यूनाईटेड क्लव पोखराका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले अमरसिंह माविको विशाल खेल मैदानमा आयोजना गरिने पोखरा महोत्सव एउटा दीर्घकाल्सम्मको लागि रीत नै भईसकेको बताउनु भएको छ । पुस महिनाको अन्तिम दिन पुस २९ गते र माघको आगमनसंगै शुरु भएको १० औं संस्करणको पोखरा महोत्सव यहाँसम्म आउनु क्लवले १० वर्ष अगाडी लिएको सामाजिक उत्तरुदायित्व नै रहेको बताउनु भयो ।
हामीले केहि नयाँ ढंगले काम गरौं भनेर साथीहर जम्मा पार्यौं । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, कृषि, उद्यमशिलताका कुरा गर्यौं, कतिको आलोचनाको पात्र पनि भयौं, हामीलाई हेयको दृष्टिले हेरिएको थियो । श्रेष्ठले भन्नुभयो ः“त्यहि आलोचना, हेयको दृष्टि नै हाम्रा लागि काम गर्ने उर्जाको श्रोत बन्यो, हामीले पर्यटकिय क्षेत्र भएको हुनाले पोखराकामा चीडियाखानाको अवधारणा ल्यायौं शुरुमा हाँसोको पात्र पनि भईयो तर अहिले यो जुलोजिकल पार्कको रुपमा निर्माणको क्रममा रहेको छ, क्लवले महोत्सव आयोजना गरेर ५५ लाख सहयोग गरिसकेको छ ।”
पचभैयामा जुलोजिकल पार्क निर्माण हुनु भनेको पचभैया, लेखनाथको पर्यटन, आर्थिक उत्थानको लागि हुँदै हो, यस्ले समग्र कास्की, गण्डकी प्रदेश तथा समग्र देशको आर्थिक संमृद्धिमा टेवा पुर्याउँछ भन्ने हाम्रो विश्वास रहेको छ । १० औं संस्करणको महोत्सव उद्घाटनको बेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पनि भन्नुभयो ः“यूनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेशको उदेश्य चीडियाखाना निर्माण नै हो ।” उपाध्यक्ष श्रेष्ठले अब सरकारले पनि अपनत्व ग्रहण गरिसकेको र पोखरा महानगरपालिकाले स्थानियवासिसंग सहजिकरणको पहल गरिसकेकोले छिट्टै निकास आउने बताउनु भयो ।
महोत्सवलाई मनोरञ्जनको रपमा मात्र लिनु हुन्न, श्रेष्ठले भन्नुभयो ः“हामीले उद्यमशिलताको विकास होस्ु भनेर कृषिका, हस्तकलाका, आयआर्जनका स्टलहरुको व्यवस्था गरेका छौं, पर्यटनका स्टल रहेका छन्, लोक कला संस्कृतिको जगेर्ना र प्रवर्धनको लागि विद्यालयस्तरीय नृत्य प्रतियोगिता राखेका छौं, शिक्षामा क्लवले जोड दिदैं आएको छ, वालवालिकाले कसरी शिक्षा ग्रहण गर्न सक्छन् ? त्यसका आधारभूत तरीकाहरु के हुन सक्छन् ? भनेर शिक्षक, विद्यार्थी र अविभावक संगै बसेर हेर्नको लागि शिक्षा मूलक डकुमेन्ट्री देखाउँदै छौं ।”
यो पालि महोत्सवमा वुद्धिचाल प्रतियोगिता पनि रहेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । क्लवको लक्ष्य जनसमुदायको उत्थानकै लागि र उहाँहरुसंग निरन्तर भईरहेको सम्पर्कले होला महोत्सव गर्नको लागि उर्जा मिलिरहेको छ । श्रेष्ठले भन्नुभयो ः“२०६७ सालमा पहिलो महोत्सव गर्दाखेरी भएको जोश, जाँगर जस्तै उहि टिमले उहि जोस जाँगरका साथ काम गरिरहेको छ, हामीले पहिलो देखि नै “क्षेत्रगत् टेवा दिनको लागिपनि महोत्सव हो” भन्दै आयौं, जस्को कारण जिम्मेवारि वढेको छ ।”
महोत्सवमा जातिय गीतहरुको प्रवर्धनको लागि हरेक दिन स्थान दिईने भएको छ । जहाँ लोपोन्मुख अवस्थाका रहेका लोक संस्कृतिको प्रस्तुति, दिउँसो विद्यालयस्तरीय नृत्य तथा दोहोरी गीत र बेलुका लाईभ कन्सर्ट रहेको छ । पोखरा महोत्सवमा दार्जिलिङबाट मन्त्र व्याण्ड र अर्कोउ मुखर्जि कलकत्ताबाट आउने भएका छन् । काठमाडौंबाट गायक सुगम पोखरेल, नितेश श्रेष्ठ, राजु लामा लगायतका कलाकारका प्रस्तुति रहेका छन् । विद्यार्थीलाई ६० र सर्वसाधारणको लागि ८० रुपैया टिकटको व्यवस्था गरिएको छ ।
महोत्सवको मुख्य प्रायोजक हिमश्री फुड्सको रारा तैयारी चाउचाउ रहेको छ भने प्रायोजकहरु लुम्विनी विकास बैंक, रीलाएवल लाईफ ईन्स्योरेन्स, स्काई लिंक, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी चिप्लेढुंगा, न्यू पारा वल्र्ड पाराग्लाईडिङ, ऐन्ना एण्ड सोफिया कन्स्ट्रक्सन प्रा.लि र आईएमई पे सिद्धिमणी एक्सप्रेस, अमरसिंहचोक रहेका छन् । विशेष सहयोगि पोखरा महानगरपालिका, सहयोगि संस्थाहरुमा जिल्ला समन्वय समिति कास्की, नेपाल भलिवल संघ, अमरसिंह उच्च मावि रहेका छन् । महोत्सवको प्रवर्धन नेपाल पर्यटन वोर्डले गरेको छ ।

महोत्सवमा अफिसियल पानी लेकसिटि, अफिसियल बैंक ग्रिन डेभलोपमेन्ट बैंक, अफिसियल ईन्स्योरेन्स सिद्धार्थ ईन्स्योरेन्स र ईन्टरनेटमा वल्र्ड लिंक रहेका छन् । मिडिया पार्टनरमा एबिसि टिभि, फेवा टिभि, गण्डकी टिभि, रेडियो अन्नपूर्ण र समाधान दैनिक रहेका छन् ।

Facebook Comments