ट्रम्प अर्को महिना बेलायत जाने

रासस/एएनआई कार्तिक ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जाने भएका छन् । नेटोको ७० औँ बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

“राष्ट्रपति ट्रम्प नेटोको बार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएको छ, त्यस अवसरमा उहाँले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुनेछ,” ह्वाईट हाउसका एक अधिकारीले भने ।

आउँदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुने भ्रमणका क्रममा उनले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेट्ने छन् । रासस

Facebook Comments