टोकियो २०२०ःओलम्पिक र प्यारालिम्पिक खेलहरू कोरोनाभाइरसको कारण स्थगित, अब २०२१ मा

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र १२

टोकियो २०२० का ओलम्पिक खेलहरू २४ जुलाई देखि ९ अगस्ट सम्म चल्नुपर्ने थियो । तर कोरोनाभाइरस महामारीको कारण टोकियो २०२० ओलम्पिक र प्यारालम्पिक खेल अर्को बर्ष सम्म स्थगित गरिएको छ । कार्यक्रम, २४ जुलाईमा शुरू हुने भनिएको थियो तर अब “ग्रीष्म २०२१ भन्दा पछि हुनेछ ।
जापानका प्रधानमन्त्री शिन्जो अबेले भने, ः“मैले एक बर्षको लागि स्थगित गर्ने प्रस्ताव गरे र आईओसि का अध्यक्ष थोमस बाखले शतप्रतिसत त्यसमा सहमति जनाए ।”
अहिले टोकियो २०२० भने जस्तै २०२१ मा पनि टोकियो २०२१ भनिने भएको छ । जारि गरिएको संयुक्त विज्ञप्तिमा टोकियो २०२० र आईओसीका आयोजकहरूले भने ः “यस प्रकोपको अभूतपूर्व र अप्रत्याशित प्रसारले बाँकी विश्वको अवस्था बिग्रँदै गएको छ ।”
“सोमबार, विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयसियसले भने कि कोविड १९ महामारी ’तीव्र गतिमा छ’ । विश्वभर ३ लाख ७५ हजार भन्दा वढि केसहरु रेकर्ड गरिएको छ । तिनिहरुको संख्या घन्टा घन्टामा वृद्धि भईरहेको छ ।
वर्तमान अवस्थामा विश्व स्वास्थ्य संगठनले मंगलवार दिएको जानकारीको आधारमा आईओसिका अध्यक्ष र जापानका प्रधानमन्त्रीले टोकियोमा टोकियो २०२० र ओलम्पियाडका खेलहरु २०२० पछि तय गर्नुपर्ने निष्कर्ष निकालेका बीबीसीले लेखेको छ ।

Facebook Comments