झुटो नबोल्ने मगर समुदायको परिचय

पोखरा फागुन १५
गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले मगर समुदायले कहिल्यै झुटो नबोल्ने समुदायका रुपमाआफुलाई स्थापितगर्न सफलभएको बताउनुभएको छ ।

राष्ट्रिय मगर एकता दिवसकोअवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समितिकास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्रीलम्सालले कहिल्यै झुटो नबोल्ने मगर समुदायकोपरिचयभएको बताउनुभएको हो । “मगर समुदायको मानिसले सधै सत्य बोल्छ,यो गर्छु भनेपछित्यो पुरा गरेरै छोड्छ,नहुने र नसक्ने कुरा कहिँल्यै गर्छुभन्दै मन्त्रीलम्सालले भन्नुभयो,”यो मगर समुदायको बिशेषताहो । मगर समुदायको अनुशासन ,ईमान्दरिता,लगनशिलता र स्वाधिनताको पाठअन्य समुदायको मानिसहरुले समेत लिनुपर्नेमाउहाँले जोडदिनुभयो ।

नेपालको भूमिमाबसोवास गर्ने विभिन्नजातजातिहरू मध्येको एक महत्वपूर्ण जातिमगर रहेको चर्चा गर्दैआफ्नै मौलिक संस्कार संस्कृति रहेका मगर जातिको अन्यजातिको भन्दा फरक प्रकृतिदेख्नपाईने बताउनुभयो । मगर समुदायको संस्कृतिउद्हारणीय रहेको भन्दै आफनो जातिको संस्कार, संस्कृतिजगेर्ना गर्नकोलागितथाआफ्नो पहिचानकायम राख्नको लागिसक्रियतापूर्वक लाग्नुपर्नेमाजोडदिनुभयो ।


वहुजातीय, वहुभाषिक, वहुधार्मिक,वहुसाँस्कृतिकएवं भौगोलिकविविधताले भरिपूर्ण हाम्रो देशका सम्पूर्ण जातजातीहरु एउटै मालामा गासिनु पर्ने माउहाँले जोडदिनुभयो ।मन्त्रीलम्सालले नेपालका १२५ जातजातीका हरेक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दे सांस्कृतिकपर्यटन सँग जोड्दै समृद्ध तथा समुन्नत राष्ट्रको रुपमाविकास गर्न सकिने बताउनुभयो ।मगर र गुरुङ समुदायको संस्कृति पृथकहुने र यीनै संस्कृतिहरुले पर्यटकको आकर्षणबढाउने गरेको उहाँको भनाइथियो ।

पर्यटनको सोझो सम्बन्धप्रकृति, संस्कृति र साहसिकगतिविधिसँगहुनेभन्दैपर्यटकलाई सन्तुष्टि प्रदानगर्ने पर्यटकीय सम्पदा प्रकृति र संस्कृतिमाआधारित हुने बताउनुभयो । कुनै पनि देशको पर्यटनविकासकालागित्यहाँ रहेका सांस्कृतिकएवं प्राकृतिक सम्पदाको भूमिकामहत्वपूर्ण हुने उहाँको भनाई थियो ।

कार्यक्रममाप्रदेश सभा सदस्यगायत्री गुरुङलेआदिवासीजनजातीहरुकामाग सम्बोधनतथाउनीहरुका समस्या समाधानगर्न सके मात्रसमृद्ध प्रदेश बनाउन सकिनेबताउदै आफ्नो पहिचानको रक्षागर्न जनजातीहरु सक्रियपूर्वक लाग्नुपर्नेमाजोड दिनुभयो ।

Facebook Comments