ज्येष्ठ नागरिक मैत्रि भौतिक संरचना निर्माणको लागि सांगीतिक कार्यक्रम हुने

पोखरा,१८ कार्तिक । आनन्दित गृह नेपाल नामक गैह्र सरकारी सामाजिक संस्थाले ज्येष्ठ नागरिक मैत्री भौतिक संरचना निमार्णको लागि ‘हेप्पी होम च्यारिटी’ सांगीतिककार्यक्रम गर्ने भएको छ । कार्तिक २३ गते लेक साइडको रोलिङ्घ स्टोन रक बारमा दिउसो ३ बजे देखि ७ सम्म सांगीतिक कार्यक्रम हुने आइतबार पत्रकार सम्मेलन मार्फत संस्थाका अध्यक्ष डाक्टर यज्ञमान शाक्यले बताए । विगत ६ वर्ष देखि बृद्धहरुलाई सेवा दिदै आइरहेका आनन्दित गृहले बृद्धहरुको दैनिक जिवन सहज बनाउन उक्त भौतिक संरचना थप गर्न परेको अध्यक्ष शाक्यले बताए ।


कार्यक्रममा नेपाल कै चर्चित गायक सोनुप पौडेल,सीमा संगौला,अष्टेलियामा बसोबास गर्ने ख्यातीप्राप्त कलाकार केनेड प्रधान लगायतको सांगीतिक प्रस्तुती रहने सांगीतिक कार्यक्रम संयोजक हेम पुनले जानकारी दिए । कार्यक्रममा खर्च कटाएर ४ लाख बच्ने आयोजक अपेक्षा रहेको छ । यही कार्यक्रमको लागि अहिले सम्म छिमेकी र लोकमान गुरुङ्घको तर्फ बाट ५० हजार,झलकलाल र सबिना श्रेष्ठको तर्फबाट २० हजार,विष्णु कुमार गुरुङ,स्मार्ट ओपन एकेडेमी र डाक्टर सुमेरन श्रेष्ठ बाट १०÷१० हजार प्राप्त भईसकेको सचिव रोमा राउत शाक्यले बताइन ।


२०७० साल देखि संचालनमा रहेको आनन्दित गृहमा १४ जनाको न्युनतम शुल्क र ४० जनालाई निःशुल्क दिवा सेवा दिदै आईरहेको छ । अपाङ्घ मैत्रि ज्येष्ठ नागरिक शौचालय तथा स्नान गृह निर्माण,पुर्ण कालिन अशक्त्त ज्येष्ठ नागरिकलाई लिफ्ट गर्ने सामाग्री,फिजियोथेरापी गर्ने सामाग्री र दिवा सेवा कार्यक्रम नियमित संचालन गर्नआर्थिक सहयोगको लागि सांगीतिक कार्यक्रम गर्न लागेको सचिव रोमा राउत शाक्यले बताइन । होटल पार्टनरमा लेकसाइडमा रहेको होटल पञ्चरत्न र टिकट सौजन्य इमेज कपिर्यस रहेको छ ।

Facebook Comments