जिल्ला प्रहरी कार्यालय, कास्की-प्रेस बिज्ञप्ति

पोखरा, पुस २-कास्की जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले बिभिन्न मुद्दामा कैद र जरिवाना हुने ठहरेकोमा कैद र जरिवाना बेरुजु भई हालसम्म फरार निम्न प्रतिवादीहरुलाई खोजतलाशको क्रममा बिभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि कास्की जिल्ला अदालत पेश गरिएकोमा फैसला कार्यान्वयनको लागि कास्की कारगार पठाईएको छ ।

तपशील

१)नामथर: तुल प्रसाद पौडेल   उमेर: ४०

वतन: जिल्ला कास्की पोखरा म. न.पा. वडा नं. २३

मुद्दा: सरकारी छाप दस्तखत किर्ते

फैसला मिति: २०७३।०७।०४

पक्राउ मिति: २०७६।०९।०१

कैद र जरिवाना: १ बर्ष कैद

२)नामथर: गणेश जैसी           उमेर: ४०

वतन: जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७

मुद्दा: सरकारी छाप दस्तखत किर्ते

फैसला मिति: २०७३।०७।०४

पक्राउ मिति: २०७६।०९।०१

कैद र जरिवाना: १ बर्ष कैद

३)नामथर: गणेश सुनार          उमेर: ६५

वतन: जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २४

मुद्दा: चोरी

फैसला मिति: २०७२।०४।१७

पक्राउ मिति: २०७६।०८।३०

कैद र जरिवाना: १ महिना कैद र रु.३८,०००।- जरिवाना

पिडीत सम्पर्क कार्यक्रम

पिडित सम्पर्क कार्यक्रम अन्तरगत जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं १५ बस्ने कर्तब्य ज्यान मुद्दाकी पीडित सुमित्रा घले ठकुरी र जाहेरवाला समेतसंग जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की समेतको टोलीले भेटघाट गर्नु भई उहाँहरुको हालको अवस्थाको बारेमा जानकारी लिनु भयो । मिति २०७५।०२।२९ गतेको राती भएको घटनामा पीडित सुमित्रा घले ठकुरीको १० बर्षीया छोरा र गर्भमा रहेको शिसुको हत्या भएको थियो भने सुमित्रा घले ठकुरी समेत गम्भिर घाईते हुनु भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले नियमित रुपमा पिडीत सम्पर्क कार्यक्रम अन्तरगत पिडीत ब्यक्ति तथा परिवारसँग भेटघाट गर्ने गरेको छ ।

सरकारी छाप दस्तखत किर्ते गरी ठगी गर्ने पक्राउ

ईलाका प्रहरी कार्यालय हंसपुर कास्कीको प्रहरी हूँ भन्दै उक्त कार्यालयको छाप लिई कर्मचारीको नाम लेखी सहीछाप समेत गरिएको कागजात लिई हिडेको भन्ने सूचनाका आधारमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बस्ने बर्ष ३० को सुवास थापालाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको छ ।

हराएको मोबायलहरु फेला पारी सम्बन्धित धनीलाई बुझाईएको

बिभिन्न समयमा हराएका तथा चोरी भएका मोबायलहरु खोजतलास गर्ने क्रममा बिभिन्न मितिमा बिभिन्न स्थानबाट हराएको तथा चोरी भएका मोबायलहरु थान-१२ फेला पारी मोबायल धनी निवेदकहरुलाई हस्तान्तरण गरिएको छ ।

Facebook Comments