जित विद्या कै हो, “विरोधीहरुले हार स्वीकार गरिसके” :नेकपा नेता अधिकारी(video)

”देशीविदेशी संचार माध्यममा काम गर्दै राजापक्षको समर्थन गर्नेहरुले खोल्या पार्टी पनि छ, उनिहरु पनि केके भन्दै हिडिरहेका छन्, मैले सुनिरहेको छु ।”

by :aarju

आरजू/पोखरा, मंसिर ०७-नेपाल कम्यूनिष्ट पार्टी, नेकपा गण्डकीका सहईन्चार्ज तथा सांसद खगराज अधिकारीले मंसिर १४ गते हुने निर्वाचनमा विदा भट्टराईको जीत हुने दावि गर्नुभएको छ ।

निर्वाचनको बेलामा कस्ले केके बोल्छन् बोलिरहन्छन्, ति महत्वपूर्ण होईनन्, उम्मेदवारका बारेमा तुलनात्मक कुराहरु पनि आईरहेका छन्, उहाँले भन्नुभयो :“पूराना पार्टीहरु काम लागेनन् भनेर हिजो जनआन्दोलन सकियो भनेर देशीविदेशी संचार माध्यममा काम गर्दै राजापक्षको समर्थन गर्नेहरुले खोल्या पार्टी पनि छ, उनिहरु पनि केके भन्दै हिडिरहेका छन्, मैले सुनिरहेको छु ।”

नेता अधिकारीले अहिले संघियता, गणतन्त्र र आन्दोलनको नामै नलिनेहरुले पनि मनोरञ्जन गरिरहेका छन्, यो लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो :“विद्या भट्टराईलाई एक नंबरमा हामीले उम्मेदवार रोजेका हौं, रवीन्द्र अधिकारीले जितेको ठाउँमा उहाँको सहानुभूतिको भोट बटुलेर जित्नको लागि होईन, उहाँ योग्य उम्मेदवार हो भनेरै छानेका हौं ।”

शनिवार रेडियो अन्नपूर्णसंग कुराकानि गर्दै अधिकारीले भट्टराईको कार्यथलो अलग भएतापनि समग्र राजनीतिमा, राष्ट्रिय आनदोलनमा रहेको व्यक्ति र हामीले गौरव गर्ने सक्षम व्यक्ति भएको बताउनु भयो । अधिकारीले भन्नुभयो :“कोहि कोहि विद्याले सहानुभूतिका भोट बटुल्ने कुरामा अत्ताल्लिएका छन् भने उनिहरुले हार स्वीकारेको भनेर बुझ्नुपर्छ ।”

प्रधानमन्त्री केपि शर्मा ओली मंसिर ११ गते माहौल हेर्नका पोखरा प्रदर्शनी केन्द्रमामा आयोजना हुने अन्तिम चुनावि सभामा सरिक हुने जानकारी दिनुभयो । के चुनावि सभामा प्रधानमन्त्रीलाई ल्याउनै पर्छ पोखरामा ? भनेर सोधिएको प्रश्नमा अधिकारीले हाम्रो राजनीतिक गुरु नै उहाँ हो, हामी जेलमै रहँदा पनि उहाँबाट दिक्षित भएका हौं, हामी मात्र होईन नेपाली कांग्रेसका पूराना नेताहरु पनि उहाँबाट प्रभावित भएको बताउनु भयो ।

अहिले लिपुलेक, कालापानीको कुरा उठिरहेका बेलामा अधिकारीले टनकपुर, गण्डकी, कोशी कल्ले बेचेको हो ? अहिले शेर बहादुर देउवाले लिपुलेकको कुरा उठाउँदा उहाँहरुले त्यो बेलामा बेचेको बिर्सनुभयो ? भनेर प्रश्न गर्नुभयो । सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर भनिसकेको छ, कुटनितिक पहल अगाडी वढिसकेको छ, अधिकारीले भन्नुभयो :“के पहिले कुनै सरकारले उठायो ?” उहाँको प्रश्न थियो ।

हाम्रो अन्तराष्ट्रमा अहिले प्रभाव वढिरहेको छ, चीनका राष्ट्रपति आउनु, रुसका राष्ट्रपति आउने कुरा भईरहेको छ, बंगलादेशका राष्ट्रपति आएर पनि जानुभयो, यस्ले हाम्रो प्रभाव वढेको छ भनेर गौरव गर्नुपर्छ । यो काम प्रधानमन्त्री केपि शर्मा ओली सरकारमा हुनुले नै हो ।

Facebook Comments