जापानमा १८ लाख अमेरिकी डलरको हीरा चोरी

कार्तिक ९ , टोकियो- जापानमा १८ लाख अमेरिकी डलरभन्दा बढीको हिरा चोरी भएको छ ।

राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा राखिएको उक्त मूल्य बराबरको हिरा चोरी भएको हो ।

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको बताएका छन् । योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा करिब ५० क्यारेटको हिरा राखिएको थियो । जहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए ।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हीरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो ।khabarhub.com

Facebook Comments