जादुमयी संगीतज्ञ-संगीत सम्राट तानसेन :“शास्त्रीय संगीत र रागको आधार, आधुनिक विश्वलाई पाठशाला”

दीपक राग गाउँदा गाउँदै जलेका तानसेनले आखिर संसार नै त्यागे…….

आरजू विष्ट सल्यानी
अनलाइनअन्नपूर्ण/जेष्ठ ०२, २०७७

संगीत सम्राट, जादुमयि संगीतज्ञ तानसेनको शास्त्रीय संगीत र रागको आधार आधुनिक जमानामा विश्वलाई पाठशाला बनेको छ । भारताञ्चलको मध्यभाग मध्य प्रदेशमा पर्ने शहर ग्वालियर हो । जुन शहरलाई संगीत सम्राट तानसेनको जन्म तथा समाधिस्थलको रुपले पूजनिय मानिन्छ । उनको चिहान रहेको स्थान ग्वालियर हो ।

जन्मको नाम रामतनु पाण्डे हो । जसको जन्म १४९३÷१५०० मा ग्वालियरमा भएको हो । उनको मृतयु २६ अप्रिल १५८६ मा ९२÷९३ वर्षको उमेरमा, आग्रा दिल्लीमा भएको थियो ।

तानसेन शास्त्रिय संगीतका ज्ञाता थिए । उनकै शास्त्रीय शिक्षा, शास्त्रीय रागहरुको सिर्जनामा अहिलेको भारत तथा एशीयाली मुलुकहरु निर्भर रहेका छन् । तनसेनमा बहु प्रतिभा थियो । जसले रागमा आधारीत गीतहरु गाउथे, संगीत भर्थे, शास्त्रीय संगीत सुनाउने र शिक्षा प्रदा नगर्थे । उनि वाद्ययवादक पनि थिए कि उनको साथमा तानपुरा जहिले नि हुन्थ्यो । गायक, संगीत, वाद्यवादकको रुपमा र शास्त्रिय संगीतको शिक्षा सेवकको रुपमा उनि साधारण मानिस देखि राजा, महाराजाको प्रिय पात्र बनेका थिए ।

तनसेनको निकै सक्रिय रहेका वर्षहरु १५६२ देखि राजा रामचन्द्र सिंह रेवाह को समयमा र १५६२ पछि सम्राट अकबर को समयमा भएका मानिन्छ । जम्मै रागहरुका राजा त हुँदै हुन तानसेन त्यसमा पनि तानसेनलाई ध्रुपत संगीतका ज्ञाता, धेरै नयाँ रागहरुको सिर्जनाकार, दुई वटा शास्त्रिय किताव प्रकाशन र श्री गणेश स्त्रोत्र र संगतिा सारा माथि संगीत सिर्जन गरेका एक मानक व्यक्तित्वको रुपा लिईन्छ ।

तानसेन ज्यादै प्रख्याति कमाएका संगीतकर्मि हुन । जस्लाई योगदानको हिसावले जीवित भएकै मानिन्छ । यद्यपी उनको भौतिक शरीर समाधिमा बिलिन भएपनि ।

गजबको रहस्य के छ भने, चिहानमा तानसेनको प्रतिमूर्ति पत्थरमा कुँदिएर राखिएको छ, जो एउटा इमलीको बोट मूनि छ । र ग्वालियरमा एउटा यस्तो भनाई पनि छ, :“जस्ले त्यो इमलीको पात चपाउँछ, इमलीको स्वाद चाख्छ अथवा तानसेनको चिहानलाई छोएर त्यहि बाटो भएर जान्छ, त्यो व्यक्ति गायक हुन सक्छ, संगीतको रस्यज्ञ हुन सक्छ, संगीतको भक्त हुन सक्छ र यस्तै हो भने पक्कै पनि उनिहरुले आफ्नो स्वरमा सुधार गर्न सक्नेछन्् किनकि उनिहरुले संगीत सम्राट तानसेनको समाधिस्थललाई चक्कर मारेर, छोएर र संगीतको सम्मान गरेर गएका छन् ।” भन्ने गरिएको छ ।

यदि सबैलाई यस कुराले छुन्छ भने संगीत सम्राट तानसेन साच्चिकै एक जादुमयि संगीतकर्मि म्याजिकल म्यूजिसियन थिए । भनिन्छ :हिजोआज सबै संगीतकर्मिले तानसेनको संगीतको जादुमयि सुत्रहरुलाई मात्र पछ्याउने कोशिस गरीरहेका छन् । उनको शैलीलाई, ज्ञानलाई अंगाल्ने प्रयास गरीरहेका छन् । जसलाई तानसेनको “ग्वालियर घराना” भनिन्छ, जहाँ एक घरानिया कविको बास पनि थियो ।

ति कवि हुन “मुकुन्द मीश्र” । एउटा दुःखको कुरा उनका सन्तान थिएनन् । एक जना साथीको आग्रह अनुसार मीश्र ग्वालियरमा रहेका संगीतज्ञ मोहमद गौस कहाँ पुगेका थिए । संगीत गुरुले आर्शिवाद दिएपछि मख्ख परेका मीश्र दम्पतीले केहि समय पछि छोरालाई जन्म दिए । मानिन्छ कि उनै नै “तानसेन” थिए । उमेर वढ्दै जान थालेपछि तानसेनलाई पठन पाठनको व्यवस्था मीश्र परीवारले गरेको थियो । बच्चाकालमा उनि उपद्र उपद्र वा अनौठा खालका काम गर्न रुचाउथे । जस्तो साथीहरुसंग जंगलमा जाने, चराचुरुङ्गीका आवाज अनि जनावरका आवाज दुरुस्तै निकाल्ने गर्दथे ।

एक पटक संगीतकर्मिको एक समूह ग्वालियरको एउटा जंगलको बाटो हुँदै जाँदै थियो, तानसेनले झाडिमा लुकेर बाघले कराएको झैं गरी स्वर निकाले, जुन आवाजले संगीतकर्मिहरुलाई त्रसित बनायो । जव उनिहरुले बाघको आवाज निकाल्ने तन्नेरी देखे तब छक्क परे अनि तानसेनको करामतको प्रशंसा गर्न लागे ।

टोलिमा रहेका संगीत गुरु हरीदासले उनलाई स्यावासि पनि दिएका थिए । जंगलको यो घटनाक्रमले तानसेनलाई हरीदासको कुशल चेला बन्न सघायो । जोसंग संगीतको लागि अभूतपूर्व दिमाग थियो र क्षमता थियो । आफ्नो क्षमता र गुरुको आग्रहलाई मनन गरेपछि मीश्र दम्पतीले तानसेनलाई वृन्दावनमा गुरु हरीदाससंग अध्ययन शुरु गर्न लगाए ।

तानसेनले वृन्दावनमा हरीदाससंग १० वर्षसम्म संगीत पढेका थिए । शुरुवात :“सा–रे–ग–म–प–ध–नि–सा” बाटै हो । एउटा कुरा सा–रे–ग–म–प–ध–नि–सा गर्न तानपुरालाई असल तथा अव्वल दर्जाको सूर वाजाको रुपमा लिने गरीन्छ जो तानसेनले गरे र उनको साथमा तानपुरा रहिरह्यो ।

शास्त्रिय अध्ययन रागबिना संभव हुँदैन । त्यसैले तानसेनले रागहरुलाई सिक्न थाले । संगीतका विविध रागले आफ्नै प्रकृति बोकेका छन् । जस्ले मान्छेलाई सुखि बनाउँछन्, नचाउँछन्, यिनले दुःखीलाई हसाउँन सक्छन् र आँशु बहाउन सक्छन् रागहरुले ।

कुनै एक दिन थियो, एउटा खबर तानसेनका बुबा मीश्रको विमारीको आयो । तानसेनले बुबालाई मृत्युको ओछ्यानमा भेट गरे । वृन्दावनको फिर्तिपछि र भने :“मलाई खुसि लाग्यो, छोरा तिमी संगीतकार भएछौं ।” तानसेनलाई फर्क भने र गुरुको सेवा गर भने, यहि नै तानसेनका बुबाको अन्तिम वाक्य थियो ।

केहि समयपछि आमा मीश्रको पनि निधन भयो अनि तानसेन गुरुकुलमै सिक्न थाले । पहिला गुरु हरीदास, जस्ले सहारा बिहिन तानसेनलाई छोरा झैं व्यवहार गर्न थाले र तानसेनले बुबाले आर्शिवाद लिएका गुरु मोहमद घोउससंग ३ वर्ष बिताए । एक पटक मोहम्मद घोउसले तानसेनलाई ग्वालियरका शासकसंग परीचय गराए । परीचय हुन्छ, बराबर आउने र जाने चाँजोपाँजो मिल्न थाल्छ ।

तानसेनको संगत हुसानीसंग बढ्छ, हुसानी ग्वालियरका तत्कालिन शासकको सुसारे थिईन । एउटी सुन्दरी, उनैसंग तानसेनको वैवाहिक सम्वन्ध कायम भयो । मोहमद घोउसको अचानक निधनले सबै सम्पति यिनकै जिम्मामा पर्यो ।

एकपटक रेबाका राजाले दरवारमा संगीतकर्मि चाहिएको भनि तानसेनलाई बोलावट भएको पाईन्छ । जो उनको लागि ठूलो प्राप्ति थियो । राजा रामचन्द्रले तानसेनको प्रतिभा कदरको लागि बहुमूल्य पुरस्कार समेत प्रदान गरे ।

संगीतमा निकखारीदै जाँदा तानसेनले रागहरु गाउन थाले । रातको राग गाउँदा गाउँदै चतुर अकवर निदाउने गर्थे । बिहानको अर्को राग गाउने बेला सबैसंगै हुन्थे । तनासेनसंग संगीतको यस्तो प्रतिभा थियो कि जनावर र चराहरु उनका अघि झुक्किएर हेर्न आउँथे । तानसेनको संगीत सुन्न सर्वसाधारण त जाने नै भए, अँझ राज खलक र खान्दानियाहरु पनि जान थाले । जस्ले दरवारको हिरामोती भन्दा तानसेनको संगीतको कदर गर्थे र दरवारको हिरामोतीलाई बाँडिदिन्थे ।

मानिदै आएको पौराणिक कथ्य अनुसार दुई राग वढि महत्वपूर्ण मानिन्छन् । यि रागलाई जहिले पायो तहिले गाईन्नथ्यो । एउटा थियो :“दीपक राग” जस्लाई गाईयो भने आगलागि हुने, आगो बल्ने र स्वयं गाउनेलाई पनि हानि हुन सक्ने मान्यता रहेको छ भने अर्को “मेघ राग” थियो जस्ले पानी पार्न सक्थ्यो । तर बडो चलाकिले गाउन सक्यो भने लगत्तै पानी परेर आगलाबिाट जोगिन सकिन्छ भन्नेमा तानसेन बिल्कुलै विश्वस्त थिए ।

संगीत सम्राट तानसेनले एक पटक दरवारमा दीपक राग गाउँदा चारैतिर वाफिएको, तापमान वढेको, आगलागि हुन थालेको अवस्था सिर्जना भएको थियो । सबैलाई आच्छु आच्छु पारीरहँदा जब रुपा नामक तानसेनकि साथीले “मेघ राग” गाउन थालिन पार्न पर्न थाल्यो अनि सबै सान्त भए ठिकठाक भयो । यसबाट के बुझिन्छ भने संगीत एक सर्व शक्तिमान विद्या, विधा हो ।

तानसेनको त्यहि राग अहिले दीपक राग कहलिएको छ । दीपक राग गाउँदा गाउँदै उत्पन्न आगोमै तानसेन खतरायुक्त स्थितिमा रहेको इतिहास श्रुति छ । दुःखको कुरो अकवरले, राजाले प्रिय गायकलाई गुमाए । जो केहि समय दिपक रागमा समाहित भए अधिक विरामी भए । गाउँदा विराईयो भने दीपक राग खतरनाक राग पनि हो । गाउनेलाई जलाउन पनि सक्छ, त्यसबाट बच्नको लागि चलाकिपूर्ण जुक्ति अपनाउनु पर्छ । तुरुन्तै मेघ रागको तान लगाई हाुल्नु पर्छ र पानी पर्न थाले आगो निभ्न शुरु गर्छ र स्थिति सामान्य बन्छ ।

तानसेनको राग दीपक संगको अन्तिम गायनको दिन रेबाका राज खान्दानीहरु सबै स्तव्ध भए आफ्नो प्रिय गायकलाई गुमाउँदाखेरी । दीपक राग गाएर दुई महिना विरामी परेका तानसेनले संसार नै त्यागेका थिए । यसका साथै तानसेनले शास्त्रीय संगीतमा राग भैरवी, दरवारी तोडि, दरवारी कङडा, मल्हार, रारंग र राग रागेश्वरीको आधार उनले तयार पारेका थिए । तिनै तानसेनलाई हिजोआज सम्राट तानसेन, संगीतकर्मि तानसेन भनेर चिनिन्छ । त्यसैले तानसेन र उनको कर्म अहिले पनि चर्चाको विषय भईरहेको छ । अब यो एक पौराणिक कथा जस्तो लाग्न सक्छ ।

अचेल ग्वालियरमा प्रत्येक वर्ष एउटा ठूलो सांगीतिक सम्मेलन गर्ने गरीएको छ तानसेनको सम्झनामा । यस्तो उत्सव, संगीत सम्मेलन तानसेनको चिहान नजिकै आयोजना गरीन्छ । जहाँ थुप्रै्र ठाउँका संगीतप्रेमी जम्मा भएर संगीत सम्राट तानसेनको महिमाको चर्चा र गायन प्रस्तुत गर्दछन् ।श्रोत :वीकीपिडिया-इनसाईक्लोपिडिया वल्र्ड म्यूजिक/ब्रिटानिका

Facebook Comments