जर्मनी लगातार १३ औं पटक युरोकपका लागि छनोट

१ मंसिर, २०७६काठमाडौं-जर्मनी लगातार १३ औं पटक युरोकप फुटबलका लागि छनोट भएको छ ।

गएराति भएको खेलमा बेलारुसलाई ४–० ले हराउँदै जर्मनी अर्को वर्ष हुने युरोकपका लागि छानिएको हो ।

यही समूहको अर्को खेलमा नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्दै नदेरल्याण्ड्स पनि युरोकप फुटबलका लागि छानिएको छ ।

गएरातिका खेलहरुपछि समूह ‘सी’ मा ७ खेलबाट जर्मनीले १८ अंक जोड्यो भने नेदरल्याण्ड्सले १६ अंक बटुल्यो । १३ अंक जोडेको नर्दन आयरल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

उता समूह ‘ई’ को खेलमा स्लोभाकियालाई ३–१ ले हराउँदै क्रोएसिया फाइनल चरणका लागि छानियो । यही समूहको अर्को खेलमा वेल्सले अजरबैजानलाई २–० ले हरायो ।

समूह ‘जी’ को खेलमा उत्तरी मेसेडोनियालाई २–१ ले हराउँदै अष्ट्रिया पनि युरोपकका लागि छानियो ।

यसअघि नै युरोकपमा छानिएको पोल्याण्डले गएराति इजरेललाई २–१ ले हराउँदा बेल्जीयमले रुसलाई ४–१ ले तथा स्कटल्याण्डले साइप्रसलाई २–१ ले पराजित गरे ।imagekhabar

Facebook Comments