जन्म दिवशको अवशरमा मेजर चन्द्रबहादुर पुनमगरद्वारा फिमला आमा समूहलाई ८५ थान मजेत्रो उपहार

अनलाईनअन्नपूर्ण/पोखरा, पुस ११-समाजसेवी तथा कार्पाकेली परिवार नदीपुरका अध्यक्ष मेजर चन्द्र बहादुर पुनमगरले आफ्नो जन्म दिवशको अवशरमा फिमला आमा समूहका ८५ जना आमा दिदि बहिनीलाई शुक्रवार मजेत्रो उपहार प्रदान गर्नुभएको छ ।

पर्यटन भ्रमण वर्ष २०२० लाई देशभर भव्यतासाथ मनाउने तयारी भैरहेको अवस्थामा समुदायको प्रतिनिधित्व हुने कुनैपनि कार्यक्रममा आफ्नो भेषभुषासहित सरिक हुन आमा दिदि बहिनीको लागि कलेजी रङको मजेत्रो उपहार प्रदान गरेको उहाँले बताउनु भयो ।

फिमला आमा समूहका अध्यक्ष चनमती पाईजा पुनले समाजसेवी मेजर चन्द्रबहादुर पुनमगरले आमा समूहको लागि जन्म दिवशको अवशरमा मजेत्रो उपहार प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्नुभयो । त्यस अवशरमा फिमला आमा समूहको तर्फबाट उहाँले मेजर पुनमगरलाई फूलमाला लगाई सम्मान गर्नुभएको थियो ।

३० को दशकपछि म्याग्दीबाट पोखरामा बसाई सर्नुभएका मेजर चन्द्रबहादुर पुनमगर सिपाई, लेसनायक, नायक, हवल्दार, वार्न अफिसर, लेफ्टीनेन्ट, क्याप्टेन हुँदै ब्रिटिस सेनाको मेजरसम्म पुगेको र सेवा निवृत्त भएपछिको बाँकि जीवन सामाजिक सेवामा खर्च गरिरहेको बताउनु भयो । उहाँसंग ब्रुनाई, फोकल्याण्डको टापु, ईन्डोनेसिया लगायतका देशमा लडाई लडेको अनुभव पनि रहेको छ ।

कार्यक्रम फिमला आमा समूहका अध्यक्ष चनमती पाईजा पुन को अध्यक्षतामा भएको थियो ।

Facebook Comments