जन्म थलो तेह्रथुम आठराइमा प्रम ओलीले ६९ औं जन्म दिवश मनाउँदै

पोखरा, फागुन ११-प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्, “आईतवार प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्म दिवश तेहथुम जिल्लाको आठराइ, सल्लेमा मनाउँदै हुनुहुन्छ ।”
२००८ सालमा तेह्रथुमको आठराइमा उहाँको फागुन ११ गते जन्म भएको थियो । बिहान प्रधानमन्त्री ओली आठराई जान लाग्नु भएको थापाले बताएका छन् ।
उहाँ सानो छँदा नै उहाँको परिवार २०२० सालमा झापा झरेको हो । यसै अवसरमा ओलीले तेह्रथुम र पाँचथरको खानेपानी आयोजना तथा ताप्लेजुङ जोड्ने सडकको शिलन्यास गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओली हेलिकोप्टरबाट तेह्रथुम जाँदै हुनुहुन्छ । उहाँको पहिलेको घर नजिकै निजि लागतमा हेलिप्याड पनि निर्माण गरिएको छ ।

Facebook Comments