जनता न्यायाधिश हुन, सहि न्याय गर्छन्, वैकल्पिक शक्तिको विकल्प छैन :समाजवादी उम्मेदवार ई.गुरुङ(video)

आरजू विष्ट सल्यानी
पोखरा, कात्तिक २६

by:aarju

समाजवादी पार्टी कास्की क्षेत्र नं २ का प्रतिननिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवार ईन्जिनियर धर्मराज गुरुङले पूराना पार्टीको कामबाट जनता निरास भईरहेको बेलामा जनता नै न्यायाधिश भएकोले सहि निर्णय र न्याय आफ्नो पक्षमा गर्ने दावि गर्नुभएको छ । अहिले जनताले वैकल्पिक शक्ति चाहिरहेका छन्, त्यो लक्ष्य पूरा गर्न आफुलाई उपानिर्वाचनमा हात चिन्हमा भोट दिनेमा विश्वस्त रहेको बताउनु भएको छ ।

मंगलवार अन्नपूर्णअनलाईनको कार्यालयमा आफ्नो अनुभव बताउन आउनु भएका बेलायति सेनामा २४ वर्ष वारेन्ट अफिसरको रुपमा तथा संयुक्त राष्ट्रसंघमा १५ वर्ष काम गरेका ईन्जिनियर गुरुङले आफ्नो अनुभव र ईन्जिनियरीङ क्षेत्रमा बटुलेको अनुभवलाई जनता समक्ष काम गेरेर देखाउन आत्तुर भएको बताउनु भयो ।

देशमा पूराना पार्टीले जनता समक्ष गरेको प्रतिवद्धतालाई कहिल्यै पूरा गरेका छैनन्, गुरुङले भन्नुभयो :“नेपालको राजनीति सहि दिशामा गएको छैन, वैकल्पिक शक्तिको रुपमा रहेको समाजवादी पार्टीको तर्फबाट म उम्मेदवार भएको छु, देशको कानूनले सबैलाई सम्मान गर्न नसकेको अनुभूति भईरहेको छ, उत्पिडन, विभेदमा परेका समुदायको उत्थानको लागि म चुनावमा होमिएको छु ।”

मलाई त ढुक्क हुन जनताले भनिरहेका छन्, जता जान्छु त्यता तपाँईलाई नै हो हाम्रो भोट भनेका छन्, म निस्कलंक व्यक्ति हो, मसंग १८५ देशका मानिससंग काम गरेको अनुभव छ, नेपाली राजनीतिलाई यू टर्न गराउने चाहना छ, गुरुङले भन्नुभयो :“मुलुकमा भ्रष्टाचारको निमूलिकरणको लागि मेरो उम्मेदवारी हो, समानता र आम समुदायको हितको लागि हो ।”

निर्वाचनमा भोट माग्ने एउटा पक्ष हुन्छ र भोट दिन्छु भन्ने अर्को पक्ष हुन्छ, यो अवस्थामा तपाँईलाई जनताले के आधारमा भोट देलान् ? भन्ने जिज्ञासामा गुरुङले भन्नुभयो :“मैले सबैको चासोको मुद्धालाई उठाएको छु, अर्को कुरा म सैनिक पृष्ठभूमिको मान्छे हुँ, उनिहरुका समस्या उठान गरेको छु, म राज्यद्धारा नै पछाडी पारिएको एउटा गुरुङको छोरो हुँ, यस कारण मलाई जनताले भोट दिन्छन् ।”

राज्यले जनतामा करको भार थोपरेको छ, सामान्य व्यवसायी, किसानसंग, साधारण जनतासंग कर उठाएर महंगा गाडिहरु चढ्नको लागि नेतालाई जिताएर पठाएको हो ? देशको पैसाले विदेश घुम्न पठाएको हो ? अहिले त यस्तो पो देखिएको छ, गुरुङले थप्नुभयो, :“नेताहरुको भाषणले काम गर्दैन, एउटा पद्धती बनाएर काम हुन्छ, मेरो चाहना छ कि पंचायतदेखिको सम्पति छानबिन गरेर अकुत सम्पति जम्मा गरेकाहरुको सम्पति राष्ट्रको नाममा लैजानु पर्छ ।”

मलाई नेपाली प्रेसमाथि दमन भईरहेको अनुभूति भईरहेको छ, खै स्वतन्त्रता ? प्रेसमाथि विभिन्न बहानामा अंकुश लगाउने काम भईरहेको छ, यो हामीलाई मान्य छैन । राजनीति पारदर्शि छैन, हर कुराको स्वतन्त्रता हुन्छ, हामी स्वतन्त्र राष्ट्रका नागरीक हौं, समाजवादी पार्टीका उम्मेदवार गुरुङले भन्नुभयो :“नागरीकले स्वतन्त्रतापूर्वक आफ्नो सूचनाको अधिकार पाउनु पर्छ, राज्य उदार र आर्थिक पारदर्शितामा चल्नुपर्छ ।”

जनताले वैकल्पिक शक्ति चाहिरहेको हुनाले उपनिर्वाचनमा मलाई समाजवादी पार्टीको चुनाव चिन्ह हातमा भोट दिएर जिताउने विश्वास गरेको छु, ईन्जिनियर गुरुङले भन्नुभयो :“मेरो चुनाविशैली सामान्य किसिमको छ, भोजभतेर, रक्सिमासु, पैसा बाँडेर भ्रष्ट आचरणको बाटोमा धकेलिनबाट म सचेत छु, जनता न्यायाधिश हो त्यसैले न्याय पक्कै गर्नुहुने आशामा छु ।”

Facebook Comments