जनताले खोजेको विकल्प हो, जितको अवशर मलाई छ, काँग्रेस उम्मेदवार : खेमराज पौडेल(video)

आरजू विष्ट सल्यानी/पोखरा, कात्तिक २४

by:aarju

नेपाली कांग्रेस कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार खेमराज पौडेल “गुरु” ले दुई तिहाईको बहुमत प्राप्त सरकारले जनतामा गरेको प्रतिवद्धता अनुसार काम नगरेको अवस्थामा मंसिर १४ मा हुन लागको उप निर्वाचनमा आफुलाई जिताउने विश्वास व्यक्त गर्नुभएको छ ।

aarju

सरकार जनतामा जान सकेको छैन, जतिपनि प्रतिवद्धता गरेको थियो त्यस अनुसार देशलाई अगाडी वढाउने सामथ्र्य हुँदाहुँदै पनि जनताको विश्वास गुमाएको छ, पौडेलले भन्नुभयो :“जनताले जहिले पनि विकल्प खोज्ने भएकोले म नै त्यहि एउटा विकल्प हुँ, नेपाल मात्र होईन विश्व राजनीतिमा समेत अप्रत्यासित नतिजा आएको सबैले देखेकै छन् नि ।” मलाई लाभ पक्कै हुन्छ ।

by :aarju

आईतवार रेडियो अन्नपूर्ण ९३.४ को छलफलमूलक कार्यक्रम आजको वैठकमा सहकर्मि दीपेन्द्र श्रेष्ठसंग कुरा गर्दै पौडेलले निवर्नचनमा पार्टीले राम्रो मान्छे उठायो भने नतिजा राम्रो आउने विश्वास व्यक्त गर्नुभयो । नेता पौडेलले भन्नुभयो :“पार्टीप्रति प्रतिवद्ध मतहरुदाताहरु पनि हुन्छन्, प्रभावित मतदाताहरु हुन्छन्, लोकप्रिय मत पनि हुन्छ, जनताले व्यक्ति र व्यक्तित्वलाई पनि हेरेका हुन्छन्, यो हिसाबले रवीन्द्र जी लाई पहिले थियो, अहिले मेरो पक्षमा हुन्छ ।” पौडेलले राजनीतिमा बिचार र आस्थालाई निष्ठावान भएर लागु गरेकै कारण आफ्नो उम्मेदवारीको निर्णय बाहिर आएपछि धेरै केन्द्रीय नेताहरुले शुभकामना दिनुभएको सुनाउनु भयो ।

पूराना नेताहरुको सम्वन्धलाई नयाँ पुस्ताका नेता कार्यकर्तासंग वढाउन आवस्यक भएको बताउँदै पौडेलले बीपी कोईरालाको बिचारलाई सबैले बुझ्न आवस्यक भएकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो :“यदि बीपी बिचारलाई साच्चै बुझ्ने हो, मानेर अगाडी वढ्ने हो भने नेपाली कांग्रेसको अगाडी कोहि पनि पर्न सक्दैन ।”

कांग्रेस उम्मेदवार पौडेलले राजनीतिमा उमेरले नछेक्ने बताउँदै भन्नुभयो :“होचिमिन्ह वृद्ध अवस्थामा अमेरीकालाई भियतनामबाट धपाउन सक्षम भए, माओले चीनको विकासको लागि ठूलो त्याग गरे, बिचारलाई लिएर अगाडी हिंडेको मान्छेलाइ उमेरले छेक्दैन, उदेश्य के हो त्यो पूरा गर्न निरन्तर लागिरहनुपर्छ, म यसैको पक्षमा छु ।”

किसान हुँ, घर गोठमा काम गर्छु, गाई पालेको छु, कृषि काम गर्छु, खै उमेरले छेकेको छैन, म के भन्छु भने :“निर्वाचनको प्रचार साम दाम दण्ड भेदले नभई चीया, चना खाएर पनि जान सकिन्छ, खर्चिलो चुनावलाई म परै राख्छु किनभने त्यो बिकृति हो, त्यसैको कारण पार्टीहरु पछि परिरहेका छन् ।”

पौडेलले कुनैपनि पार्टीमा गुट उपगुट हुनु हुँदैन भन्दै कास्की कांग्रेसमा त्यो नभएको बताउनु भयो । आफ्नो स्वभाव व्यवहारीक, लप्पन छप्पन नजान्ने भएकोले सबैले हार्दिकतापूर्वक सहयोग गरिरहेको बताउनु भयो ।

५० वर्षपछि मैले अहिले अवसर पाएको छु, उहाँले भन्नुभयो :“यो अवसरमा जनताले मलाई जिताउने छन्, मैले भन्ने गरेको छु :“बैचारीक रुपमा प्रजातन्त्र हाम्रो जीवन पद्धती हो, बलियो सरकारले आशा लाग्दो काम नगरेको कारण एक पटक कांग्रेसले अवसर पाउनुपर्छ, एक सिटले त केहि हुन्न तर सरकारको खबरदारी गर्नको लागि ठूलो बल पुग्छ, जनताको चेतना उच्च भएकोले मलाई जिताउँछन् ।”

Facebook Comments