“जनताले अनुभूति गर्ने किसिमले काम गर्नुस्”, मुख्य मन्त्री : गुरुङ

सोंचेजस्तो काम हुन नसकेकोप्रति असन्तुष्टी

अनलाईअन्नपूर्ण/पोखरा, पुष ३

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको प्रतिफल जनताले अनुभूति गर्नेगरी काम गर्न स्थानिय तहहरुलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश समन्वय परिषदको तेश्रो बैठकलाई विहीबार पोखरामा सम्बोधन गर्दै उनले स्थानिय तह आएको ३ वर्ष र प्रदेश सरकार आएको २ वर्ष पूरा हुन लागेपनि सोंचेजस्तो काम हुन नसकेकोप्रति असन्तुष्टी व्यक्त गर्दै उनले गणतन्त्रको प्रतिफल जनताले अनुभूत गर्नेगरी काम गर्न स्थानिय तहहरुलाई निर्देशन दिएका हुन् । बिर्सन लायक होइन सम्झन लायक काम गर्नुस्,‘उनले भने,‘तपाईंले गरेका काम जनताले अनुभूति गर्नुप¥यो, सेवाग्राहीले अनुभूति गर्नुप¥यो ।’ अहिलेपनि स्थानिय तहहरुको काम भद्रगोल भइरहेको भन्दै उनले थपे,‘यसलाई ब्यबस्थित गर्नुस्, चुस्त बनाउनुस्, छिटो छरितो र परिणाममुखी बनाउनुस् ।’

मुख्यमन्त्री गुरुङले प्रदेशको अब ३ वर्ष र स्थानिय तहको २ वर्ष बाँकी कार्यकाल रहेकाले यो अवधीमा कम्तिमा पनि २÷४ वटा काम जनताले देख्नेगरी गर्न आग्रह गरे । उनले देशको प्रमुख समस्या भनेको गरिबीका रेखामुनी रहेकालाई माथि उकास्नु रहेकाले आफ्नो स्थानिय तहमा गरिबीको रेखामुनी रहेका परिवार कति छन् भनेर त्यसको लगत निकाल्न सुझाव दिए । लगत निकालिसकेपछि गरिबीको रेखामुनी रहेकालाई माथि उकास्नका लागि आयआर्जन गर्ने बनाउन के गर्नुपर्ने हो त्यसको योजना बनाउन सुझाव दिए । त्यसरी बनाएको योजनामा स्थानिय तहले के गर्ने र प्रदेश सरकारले के गर्नुपर्ने हो ? त्यसका लागि प्रदेश सरकारले आफूले गर्नुपर्ने दायित्व पूरा गर्ने वचन दिए ।

मुख्यमन्त्री गुरुङले स्थानिय तहहरुलाई १ परिवार १ स्वास्थ्य विमा, १ परिवार १ रोजगारलगायतका योजनापनि कार्यान्वयन गर्न निर्देशन दिए । त्यस्तै घरबारविहिन्लाई घरबार दिनूपर्ने संविधानमै भनेकाले त्यसकोपनि लगत निकालेर योजनासहित प्रस्तावना लिएर आउन आग्रह गरे । जनतालाई स्वस्थ खानेपानी पनि दिन नसक्ने कस्तो सरकार हुन्छ ? भन्दै उनले अबको २ वर्ष भित्र १ घर १ धारा अभियान सफल बनाइसक्ने भएकाले त्यसका लागिपनि सहकार्य गर्न आग्रह गरे ।

मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनको आधार तयार भइसकेको दाबी गरे । शुरुमा त हामीपनि अलमल थियौं,‘उनले भने,‘संघलेपनि आफू एक्लै सबै गर्न सक्छु भनेझैं ग¥यो, तर अहिले आएर तीनवटै तह नमिली सुख छैन भन्ने सबैलाई महशुष भएको छ, तर अझैपनि समन्वय र सहकार्य भने हुन सकेको छैन ।’ उनले अहिलेपनि संघ सरकारले संघीयतामा सिङ भने घुसारिरहेको आरोप लगाए ।

मुख्यमन्त्री गुरुङले स्थानिय तह र प्रदेशबीच राजश्व बाँडफाँट र योजना कार्यान्वयनमा अझैपनि समन्वय र सहकार्य हुन नसकेको बताए । स्थानिय तहले ढुं्रगा, गिट्टी, वालुवालगायतमा संकलन गरेको राजश्व प्रदेश सञ्चित कोषमा दाखिला नगरेको भन्दै उनले असन्तुष्टी व्यक्त गरे । स्थानिय तहले आफूले दाखिला गर्नुपर्ने राजश्वको ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुैपर्ने र प्रदेशलेपनि संघमा बुझाउनुपर्ने राजश्व बुझाउनुपर्नेमा जोड दिए । उनले प्र्रदेशले दिएको वित्तीय समानीकरण अन्तर्गतको खर्च विवरण स्थानिय तहले अझैसम्मपनि नबुझाएको भन्दै चाँडो बुझाउन आग्रह गरे ।

प्रदेश समन्वय परिषदको बैठक शुक्रबार सकिनेछ । बैठकमा १५ औं योजनाको राष्ट्रिय लक्ष्य, स्थानिय तहको भूमिका, गण्डकी प्रदेशको पञ्च वर्षिय योजना र त्यसको कार्यान्वयन लगायतबारे छलफल हुने जनाइएको छ । बैठकमा प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले प्राकृतिक श्रोत र राजश्वको बाँडफाँटको अहिलेको अवस्था र भावी योजनाबारे प्रशिक्षण दिने उल्लेख छ । बैठकमा गण्डकी प्रदेशका ८५ वटै स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको छ ।

Facebook Comments