जनतालाई स्वस्थ राख्न आधारभुत ज्ञान दिनु जरुरी : मन्त्री पुन

लेखनाथ पुस ५ । जनतालाई स्वस्थ राख्न स्वास्थ्य सम्बन्धी आधारभुत ज्ञान हस्तान्तरण गर्न जरुरी रहेको सामाजीक विकास मन्त्री नरदेवी पुनले वताएकी छिन ।

लेखनाथ सामुदायिक लायन्स अस्पतालको १६ औं बार्षिक साधारण सभा तथा आठौं औं अधिवेसनको सनिवार उद्घाटन गर्दै मन्त्री पुनले विरामी हुनबाट नागरीकलाई कसरी जोगाउने भन्ने अभियानमा गण्डकी प्रदेश सरकार लागिपरेको वताउँदै यसको लागि विभिन्न सचेतना मुलक कार्यक्रमहरु पनि सञ्चालन गर्नु पर्ने सुझाव दिएकी थिईन ।

स्वास्थ्य सम्बन्धी आधारभुत ज्ञान सिप जनतामा हस्तान्तरण गर्न नसकेसम्म स्वास्थ्य क्षेत्र उकालो लाग्न नसक्ने वताउँदै प्रदेश सरकारले प्रदेश भित्रका एक सय ७४ विद्यालयमा सचेतना मुलक कार्यक्रम सहितको एकिकृत स्वास्थ्य अभियान सञ्चालन गरिएको वताईन ।

जनशक्ति, भौतिक संरचना र स्वास्थ्य उपकरण जस्ता कुराले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाको गुणस्तरमा प्रभाव पर्ने हुँदा स्वास्थ्य संस्थाहरुले यस्ता कुराहरुमा ध्यान दिनुपर्नेमा पनि मन्त्री पुनले जोड दिएकी थिईन ।

लेखनाथ सामुदायिक लायन्स अस्पताल संचालक समितिका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल सुपरिटेण्डेण्ट डा. बुद्धिवहादुर थापाले रोग लाग्न पुर्व नै आफनो स्वास्थका बारेमा सचेत हुन र समय समयमा नियमीत स्वास्थ्ये जाँच गर्न सवैमा सुझाव दिएका थिए ।

कार्यक्रममा लेखनाथ सामुदायिक लायन्स अस्पतालका सस्थापक अध्यक्ष डा. कालु शर्माले देश र राष्ट्रका लागि के गर्न सकिन्छ भन्ने बारेमा सवैमा चेतना आउनु पर्ने सुझाव दिदै यो अस्पतालाई सरकार र स्थानियको सहयोगमा नमुनाको बनाउन सकिने धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला समोन्व समिति कास्कीकी उप प्रमुख सावित्रृ भण्डारी, ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्राङगत बराल,हिमालय आखाँ अस्पतालका मेडिकल सुररिटेण्डेण्ट डा. ईन्द्र महर्जन, अधिवक्ता खगेन्द्रराज आचार्य, लायन्स क्लवको तर्फबाट शैलेन्द्रमोहन भटराई, लेखनाथ नगरपालिकाका पुर्व प्रमुख शालिकग्राम पौडेल,वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेल लगाएतले आफनो धारणा राखेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश भटराईले प्राविधीक पाटो र अस्पतालले गरेका प्रगती एवंम भावी योजनाका बारेमा जानकारी गराएको सो कार्यक्रमको संचालन सचिव भरतप्रसाद तिवारीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष रमानाथ पौडेलले गरेका थिए ।

Facebook Comments