जनताको पक्ष जनप्रतिनिधिलाई दुःख दिने कर्मचारीको प्रतिरोध गर्नुपर्ने , एक–एक गरेर हिसाब राख्ने देउवाको चेतावनी

१ कात्तिक, काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जितेका स्थानीय तहमा ओली सरकारले खटाएका कर्मचारीले अनाबश्यक दुःख दिएको भन्दै त्यसको प्रतिरोध गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख,गाउँपालिकाका सभापति, निर्बाचित अध्यक्ष-उपाध्यक्षका लागि भक्तपुरको बोडेमा शुक्रबारदेखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले जनताको पक्षमा काम गर्न खोज्ने जनप्रतिनिधिलाई दुःख दिने कर्मचारीको प्रतिरोध गर्नुपर्ने बताएका हुन् ।

सभापति देउवाले त्यस्ता कर्मचारीको एक–एक गरेर हिसाब राख्ने पनि चेतावनी दिएका छन् । सभापति देउवाले कम्युनिष्टले जितेका स्थानीय तहमा तिनका कार्यकर्ताले लुट मच्चाएको आरोप समेत लगाए । यस्तो बेलामा कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिलाई जनताका पक्षमा राम्रो काम गरेर उदाहरणीय बन्न निर्देशन दिए ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका अक्षमतालाई ढाकछोप गरेर प्रशस्ती गाउनुपर्ने प्रधानमन्त्रीको सोच नै अधिनायकवादी चरित्र भएको बताए । प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विमलेन्द्र निधिले संघीयताको मर्म र भावना विपरित सरकारले तल्लो तहको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए ।

महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारले संविधानमाथि थिचोमिचो गरेर सर्बसत्ताबाद लाद्न खोजेको भन्दै कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्ने मूल दायित्व कांग्रेसकै भएको उल्लेख गर्नुभयो । त्यस्तै पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपाको सरकारले कम्युनिष्ट शासन व्यबस्था भएका मुलुकलाई प्राथमिकतामा राखेर प्रजातान्त्रिक मुलुकप्रति भेदभाब गरेको आरोप लगाउनुभयो ।reportrersnepal.com

Facebook Comments