जग्गाको नक्सा बनाउन घुस दिने र घुस लिने दुवै जना पक्राउ

काठमाडौं ९ मंसिर । काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका–७ साँखुस्थित नापी कार्यालयका अमिन ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सेवाग्राही ज्ञानबहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाएवापत लिएको ४ हजार घुससहित अमिन सुशील बुढाथोकी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले बुढाथोकीलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले बुढाथोकीलाई घुस दिने जग्गाधनी कार्कीलाई समेत नियन्त्रणमा लिएको छ ।पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । खबरहब

Facebook Comments