छैटौं कोरोना संक्रमित बागलुङकी महिला भएको पुष्टि

काठमाडौं, चैत २० । नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी महिला भएको पुष्टि गरे ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका क्रममा बिहीबार थप एक संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यसअघि पाँचौ कोरोना संक्रमित गत शनिबार देखिएको थियो भने पहिलो कोरोना संक्रमित माघ ९ गते पुष्टि गरिएको थियो ।

कोरोना भाइरसको आशंकामा हालसम्म एक हजार १८४ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको बिहीबार पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले यसबारे जानकारी गराएका हुन् ।उनले सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा बिरामीहरु भर्ना भएका छन् । साझा डबलीको सहयोगमा

Facebook Comments