छठ पर्व शुरु, पोखरा-नारायणस्थान, कालिखोला र फेवाताल किनार केदारेश्वर मन्दीरमा तयारी(फोटो/भिडियो)

aarju

आरजू/पोखरा, कात्तिक १४-धर्मिक तथा सांस्कृति पर्व छठ आजबाट शुरु भएको छ । तराई मधेशमा विशेष रुपमा मनाउदै आएको छठ पर्व पछिल्ला वर्षहरुमा पहाडमा पनि मनाउन थालिएको छ ।

पहाडमा कामकाज, जागिर, बसोबास र विभिन्न पेशा, अध्ययन, व्यवसायमा संलग्न भएकाहरु र यहिका बासिन्दासहित संगोलमा एकसाथ छठ पर्व मनाउने परिपाटी बनेको छ ।

विशेषतः पोखराको फेवाताल किनारमा रहेको केदारेश्वर मन्दीर क्षेत्र, कालिखोला र नारायणस्थान मन्दीरमा छठ पर्व विशेष कार्यक्रम आयोजना गर्न लागिएको छ ।

कार्तिक शुक्ल चतुर्थि तिथि आजबाट शुरु भएको छठ आउँदो आईतवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुनेछ ।

पोखरा नारायणस्थान निलकण्ठ महादेव आश्रमका सचिव तथा छठ पर्व आयोजक समितिका सल्लाहकार रामजी वानियाले कात्तिक १६ गते र १७ गते दुई दिन छठ मनाउन लागेको जानकारी दिनुभयो । समापनको दिन आईतवार बहिान ११ वजेसम्म पाँच, सात हजार वढि श्रद्धालुहरुको घुईचो लाग्ने आशा गरिएको वानियाले बताउनु भयो ।

आईतवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ विधिपूर्वक सम्पन्न हुने भएतापनि त्यहाँ उपस्थित श्रद्धालुहरुलाई प्रसाद ग्रहण गराउने कार्यक्रम हुने भएकोले प्रसाद ग्रहण ११ वजेसम्म चल्ने उहाँ बताउनु भयो ।

आज रेडियो अन्नपूर्णकर्मि नारायणस्थान पुग्दा त्यहाँ विभिन्न प्रकारका मिठाई बनाईरहेको पाईएको थियो भने टेन्ट लगाउने र सजिसजाउको लागि आवस्यक सामग्रीको जुटाउने तयारी गरिएको थियो ।

यसै परिवेशमा नारायणस्थानमा मनाईने छठको तयारी कस्तो छ ? हामीले छठ पर्व आयोजक समितिका सल्लाहकार रामजी वानियालाई सोधेका थियौं ।(भिडियोसहित)

Facebook Comments