“चीन नेपालको साच्चैको साथी” सि को नेपाल भ्रमण आर्थिक तथा पूर्वाधार विकासको लागि महत्वपूर्ण : पोखरेली अगुवा

आरजू विष्ट सल्यानी
पोखरा, असोज २५

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपालको राजकिय भ्रमणलाई लिएर सिंगो नेपाल उहाँलाई स्वागत गरिरहेको परिवेशमा सम्पूर्ण विश्वको नजर पनि नेपालमा परेको छ । https://youtu.be/JPEyPJqBKcg

नेपाल यतिबेला चर्चाको केन्द्रमा रहेको छ । शक्ति रााष्ट्रहरुले यसअघि आफ्नो आँखाले नेपाललाई हेर्ने गरेका थिएनन् । तर यसपटक एशियाली क्षेत्रका ठूला शक्ति केन्द्रको आँखाबाट नेपालमाथि आफ्नो दृष्टिकोण बनाउनेहरु अहिले आफैंले नेपाललाई हेर्न थालेका छन् ।

उदियमान आर्थिक सम्पन्नताले विश्व नेतृत्वको उचाईमा पुगेको चीनले नेपालको नीम्तोमा राष्ट्रपति सिद्धारा गरिएको राजकीय भ्रमण भ्रमण मात्र होईन । विभिन्न परियोजना, कनेक्टीभिटि, बीआरआई र पूर्व एशिया, यूरोप देखि अफ्रिकासम्म विकास संजाल निर्माणले नयाँ विकासको मोडल र नयाँ आयाम थपिदिएको छ ।

यहि परिवेशमा पोखरामा सि को नेपाल भ्रमणलाई लिएर सचेतना समाज नेपाल कास्कीले रेडियो अन्नपूर्णसंग सहकार्य गरेर “चिनिया राष्ट्रपति सि चीनफिङ को नेपालको राजकिय भ्रमण र नेपाल चीन सम्वन्धका आयामहरु” विषयक छलफल आयोजना गर्यो । वक्ताहरुले नेपालको सम्वन्ध चीनसंग औपचारीक सम्वन्ध स्थापना भन्दा पनि धेरै वर्ष अघिदेखि कायम रहँदै आएको बताए । र उनिहरुले भने “चीन नेपालको साच्चैको साथी हो ।”

वरिष्ठ अधिवक्ता तीलक पराजुलीले चिनिया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण नेपालको विकासको लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

चीन अहिले विश्वमा प्रमुख शक्तिको रुपमा स्थापित भएको छ । उसको उदेश्य अझैं माथि पुग्नु हो र शर्वशक्तिमान बन्नु हो । मलाई लाग्छ ,ः“सुपर पावरको रुपमा राष्ट्रपति सि चिनफिङ नेपाल आउन लाग्नु भएको हो ।” सचेतना समाज नेपाल कास्कीले रेडियो अन्नपूर्णको सहकार्यमा आज पोखरामा आयोजना गरेको “चिनिया राष्ट्रपति सि चीनफिङ को नेपालको राजकिय भ्रमण र नेपाल चीन सम्वन्धका आयामहरु” विषयक छलफल कार्यक्रमका प्रमुख वक्ता पराजुलीले चीनलाई दक्षिण एशियासहित विश्वमा व्यापार गर्ने बाटो चाहिएको छ र आफ्नो परियोजना अनुसार विकासोन्मुख देशको आर्थिक उन्नतति गर्न सघाउनु छ, यो किनभने छिमेकीको आर्थिक हैसियत राम्रो भएन भने सम्पन्न छिमेकि अगाडी बढ्न सक्तैन र सम्पन्न हुन पनि सक्तैन ।” ठूलो जनसंख्या भएको भारतसम्म पुग्न र भारतलाई जोड्न नेपालबाट बाहेक अन्यत्रबाट त्यति सहज छैन ।

चाईना पाकिस्तान इकोनोमिक करिडोरबाट भारतसंग व्यापार हुने भएन । लिपु लेकबाट बाटो लैजाने कुरालाई नेपालले मानेन । र अहिले ट्रान्स हिमालयन मल्टि डाईमेन्स्नल कनेक्टिभिटि उत्तम उपाए बनेको छ । यसको अर्थ भारतबाट काठमाडौंसम्मा रेल गुडाउने भारतको ईच्छा काठमाडौ मात्र नहुन सक्छ र चाईनालाई रेल गुडाउने ईच्छा काठमाडौंसम्म मात्र नहुन सक्छ र होईन पनि ।”

नेपालको लागि सि को नेपाल भ्रमण महत्वपूर्ण छ । दुई ठूला देश नेपालसंग जोडिएकोले लिंक स्टेट वा ट्रान्जिटको रुपमा रहन सक्ने भएकोले मनग्यै फाईदा नेपाललाई हुनेछ, तर उहाँले खतरा पनि औंल्याउनु भयो । नेपाल शान्ति र विकासको क्षेत्र हुने कि द्वन्दको क्षेत्र हुने यो अवस्था पनि देखिएको छ । किनभने अमेरीकाले ईण्डो प्यासिफिक रणनीति ल्याएको छ । ईण्डो प्यासिफिक रणनीतिको बारेमा चीनलाई राम्ररी थाहा छ कस्ले के गर्न खोजेको छ ।

परराष्ट्र मामिलामा चासो राख्नु हुने प्रोफेसर डा.राजेन्द्र चापागाईले चीनसंगको नेपालकोे सम्वन्धलाई लिएर आउने हल्लाहरु बेकारका भएको बताउनु भयो । सि चीनका एउटा डाईनामिक नेता हुन, छिमेकी मुलुकमा संवृद्धि भएन भने आर्थिक उन्नति गर्न सकिन्न र आर्थिक स्थिति राम्रो पनि हुँदैन । होईन भने पश्चिमा देशले चलखेल गर्छन् र चीन घेरामा पर्न सक्छ ।” भन्ने सि को बिचार छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीनले ४० वर्षको समयमा उल्लेख्य विकास गर्यो, यसको बारेमा नेपालले चासो लिनुपर्ने बताउनु भयो । विकास देखेर, सीपलाई सिकेर, आफ्नो भूगोलमा चीनले अवलम्वन गरेका राम्रा उपयुक्त नीतिहरुको ज्ञानबाट आफ्नो अनुकुलको बाटो तय गर्न सकिन्छ । चीनको रणनीति आफ्नो पश्चिमी भूभागबाट विकासलाई प्रभावकारी बनाउनु हो । जस्को कारण केहि नाकाहरु हाम्रा लागि असहज हुनसक्ने देखिएको छ, उहाँले भन्नुभयो ः“चीनले सुरक्षाको लागि पनि त्यसो गरेको हो, किनभने परराष्ट्र नीतिमा चीनले प्रमुख रुपमा सुरक्षालाई लिएको छ । उहाँले सुपुर्दगि सन्धि हुन नसक्ने अवस्थामा पुगेकोमा दुःख व्यक्त गर्नुभयो । यो उउटा महत्वको विषय थियो । सुपुर्दगि सन्धि चीनसंग हुनुपर्छ र भारतले चाहेको हो भने उसंग पनि गरे हुन्छ, यस्ले सबैका भलो हुने त हो, तर महत्वपूर्ण उपलव्धि हाँसिल गर्नबाट नेपाल चुकेको छ, मुल्मिले बन्नुभयो ।

राजनीतिक विश्लेषक विश्व सिग्देलले नेपाल चीनबिचको सम्वन्ध उसंग भएको दौत्य सम्वन्ध भन्दा पूरानो भएको बताउनु भयो । १५०÷२०० वर्ष अगाडी वर्ष अघि घना जंगल पार गरेर जान कठिन थियो तर मानिसलाई हिमालको बाटो सुरक्षित लाग्थ्यो । भारतसंग त धेरै पछिको सम्वन्ध हो जतिबेला अंग्रेज आएर जंगल फडानि गरिरहेका थिए ।

चीनले नेपाललाई साच्चै एउटा असल साथीको रुपमा हेरिरहेको प्रष्ट हुन्छ किनभने यसमा उसले कडिकडाउ कल्यिै गरेन र गरेको छैन । टंक प्रसादको बेलामा साच्चैको साथी भनेको चीनले अहिले राष्ट्रपति सि ले पनि यहि भन्नु भएको छ । चीनलाई नेपालमा बसेका शरणार्थी र ईशाइको क्रियाकलापसंग डराउनु पर्ने कुनै कारण नभएको सिग्देलको बिचार थियो ।

कार्यक्रममा नागरीक अगुवा राम बहादुर पौडेल, समाजवादी पार्टीका नेता पान बहादुर भुजेल, विष्णुहरि अधिकारी, उपप्राध्यापक कल्याण पन्तले सि को भ्रमण नेपालमा पूर्वाधार विकासको लागि महत्वपूर्ण भएको बताउनु भयो ।

कार्यक्रम समाजका सदस्य लेख बहादुर थापाको अध्यक्षतामा भएको थियो भने सहजिकरण अधिवक्ता सुरेन्द्र थापा मगरले गर्नुभएको थियो ।

Facebook Comments