चीनको ४० वर्षको प्रगतिबाट सिकौं

आरजू विष्ट सल्यानी/पोखरा, असोज २४-चिनियाँ राष्ट्रपति सि को नेपाल भ्रमणले नेपाल विश्व शक्ति केन्द्रको नजरमा परेको छ । यो बेलामा नेपालमा सर्वसाधारण मात्र होईन राजीतिक, आर्थिक र सामाजिक क्षेत्रमा चर्चा नहुने कुरै भएन ।

चीनको बेल्ट एण्ड रोड इनिसियटिभ परियोजनामा नेपाल पनि संलग्न राष्ट्र भएको हुनाले आर्थिक विकासको उचाईमा पुगेको चिनियाँ राष्ट्र प्रमुखको नेपाल भ्रमण र विभिन्न परियोजनाहरुको बारेमा सम्झौता हुने सरकारी अधिकारीहरुको संकेतहरुको कारण सबैको चासो हुनु स्वाभाविक नै हो । यस्ले नेपालसंगको पूरानो सम्वन्धलाई थप मजबुत बनाउने नै छ भने द्रुत आर्थिक विकासमा रहेको चीनका राष्ट्र प्रमुखको भ्रमण फलदायि हुने आशा पनि छ ।

विकासको कुरा गर्दा, लगानीको बाटो खोज्दा, अन्ुदान वा ऋणको पाटोलाई कोट्याउँदा नेपालमा विकास चीनले गरे जस्तै ह्वात्तै गर्न सकिन्छ भन्ने नहुन सक्छ तर चीनले गरेको ४० वर्षको आर्थिक उन्नतीका उपाएहरुलाई, हाम्रो भूगोललाई सुहाउने गरि कार्यान्वयनमा जान सकिने बारेमा दुविधा मान्नु हुँदैन ।

छिमेकी मुलुक चीन विश्व आर्थिक क्षेत्रकै महाशक्ति बन्ने योजनामै रहेको छ । उ आफु एक्लै त्यो लक्ष्यमा पुग्न सक्दैन भन्ने थाहा पनि छ । यसका लागि उस्लाई आर्थिक रुपमा सम्पन्न हुने बल गरिरहेका राष्ट्रहरुको सहकार्य र साथ चाहिन्छ । यसैको लागि हो २०१३ मा उस्ले घोषणा गरेको बीआरआई परियोजना थियो । परियोजनाले संलग्न ४८ राष्ट्रहरुसंगको सहकार्य संगसंगै पूर्वाधार विकास, व्यापार र सामुहिक संजाल अर्थात एशिया, यूरोप र अफ्रिकालाई जोडेर आर्थिक सम्पन्नताको उदाहरण बन्नु बनाउनु नै हो लक्ष्य ।

चीनले ठूलो दायराको वजार खोजिरहेको छ, उत्पादनको खपत क्षेत्रलाई रोजिरहेको छ भने सबै सबैको लाभ हुने गरि विकासको मोडद अघि सारिरहेको छ । ४८ देशले चीनको बीआरआई परियोजनामा हस्ताक्षर गरिसकेका छन् । यसको चीनले ८ ट्रिलियन डलर एक्लैले लगानि गर्नेछ भने यस्मा संलग्न राष्ट्रहरुको केहि हिस्सा हुनेछ । यो किनभने राष्ट्रहरुको पनि लगानि जोडिने भएकोले अपनत्व गाँसिने भयो र सबै वीन वीनको बाटोमा जाऔं भन्ने नै हो ।

४० वर्षमा चिनले मुख्यतः केके मा ध्यान केन्द्रीत गर्यो ? अल्प विकासशिल देशका लागि थोरै ध्यान पुर्याउन सके फाईदा लिन सक्ने ठाउँ हुन सक्छ । परम्परागत कृषिलाई तोडेर आधृनिक कृषि अर्थात कृषिमा आधुनिकिकरण, द्रुत गतिको अद्यौगीकिकरण, व्यवासायीक क्षेत्रमा प्रचुर लगानी, अनुदान प्रदान र गाउँ देखि शहरसम्म सहज ढुवानीको व्यवस्थापन र क्रेताको पहुँचको बिस्तार मुख्य विशेषता हो । यसका लागि उस्ले प्राविधिक शिक्षा र विकासमा धेरै रकम खर्च गरिरहेको छ ।

१९६० को दशकलाई लिएर हेर्ने हो भने चीनको प्रतिव्यक्ति आय र नेपालको आय उस्तै उस्तै थियो । ४० वर्षको दौरानमा चीनले प्रतिव्यक्ति आय ८ हजार डलर नघाएको छ तर हामी १ हजारको हाराहारीमा रहेका छौं । यो समयको नेपालको अवस्था राजनीतिक, सामाजिक, आर्थिक हिसाबले हेर्दा उ बेलाको चीनको गृहयुद्धपछिको भन्दा खासै फरक नभएको जानकार बताउँछन् । लेखक प्रकाशचन्द्र सापकोटाका९जापानमा ‘पूर्वाधार, वित्तीय व्यवस्थापन र आर्थिक बिकाश’ विषयमा पीएचडी अध्ययनरत० अनुसार १९६० को दशकमा चिनियाँहरुको बाटो युद्धपछि स्थिरता प्रमुख रह्योे ।

नेपालमा अहिले हामी नयाँ संविधान कार्यान्वयन र आर्थिक विकासको बाटोमा प्रवेश गरेका छौं । चीनसंग आन्तरीक, सामाजिक र आर्थिक परिवेश मिलेपनि पछिल्लो ६० वर्षको विश्व विकास तिब्र रुपले अगाडी बढिसकेको छ । अब पनि हामीले समयको गतिलाई नपकड्ने हो भने केहि केहि होला ? अलिअलि त होला तर चमत्कार चाँहि नहोला ।

समयसंगै आर्थिक रुपमा फड्को मार्ने किसिमको विकास र पूर्वाधार निर्माणका नीतिहरुलाई आत्मसाथ गर्न जरुरी देखिन्छ, जो नेपालले चीनलाई अध्ययन गरेर अघि जान सक्छ । देश विकासको लागि पहिलो कुरा पूर्वाधार विकास, प्रविधिको उच्चतम् प्रयोग र त्यसमा लगानि अनि आन्तरीक उत्पादनमा चमत्कारपूर्ण नतिजा ल्याउने प्रसास गर्नु नै हो ।

Facebook Comments