चिनिया राष्ट्रपति सि जिनपिङ असोज २५ मा नेपाल आउने पक्का

आरजू/पोखरा, असोज २२- २३ वर्षपछि चिनिया राष्ट्रपतिको तर्फबाट राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण हुन लागेकोमा नेपाल उहाँको स्वागत सत्कारको लागि आत्तुर भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनिया राष्ट्रपति सि जिनपिङ दुई दिने नेपालको राजकिय भ्रमणका लागि असोज २५ गते काठमाडौं आउनु हुने पक्का भएको छ ।

परराष्ट्र मन्त्रालयले आज बुधबार एउटा प्रेस विज्ञप्ति जारी गरी चिनियाँ राष्ट्रपति सि को नेपाल भ्रमण असोज २५ र २६ गते दुई दिन हुने जानकारी दिएको हो ।

source:MOFA

परराष्ट्र मन्त्रालयले जनाए अनुसार भ्रमणका क्रममा चिनिया राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । भेटपछि सि र उहाँको भ्रमण टोलीका सदस्यहरु राष्ट्रपति भण्डारीले आयोजना गर्ने भोजमा सरिक हुनुहुने छ ।

भ्रमणकै अवसरमा चिनिया राष्ट्रपति सि र नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीबिच औपचारीक भेटवार्ता हुने भएको छ । भेटवार्तापछि दुबै देशको तर्फबाट आपसि समझदारि पत्र तथा एमओयूमा हस्ताक्षर हुने भएको छ ।

भ्रमणकै अवसरमा सि ले नेपालका विभिन्न पार्टीका शिर्ष तहका नेताहरुसंग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले आज जारि गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

चिनिया राष्ट्रपतिको तर्फबाट हुन लागेको भ्रमण नेपालका लागि २३ वर्षपछिको भ्रमण हो । सन् १९९६ मा चिनिया राष्ट्रपति जियाङ जेमिङले नेपालको भ्रमण गर्नुभएको थियो । २३ वर्षपछि वर्तमान राष्ट्रपति सि जिनपिङको यो भ्रमण हुन लागेको हो ।

Facebook Comments