चिनियाँ राष्ट्रपति सि चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा विमानस्थलमा स्वागत

photo source :ratopati.com

आरजू, पोखरा, असोज २५

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको आज नेपालमा राजकीय भ्रमण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सि चिनफिङ दुई दिने नेपाल भ्रमणको लागि आज नेपाल आउनु भएको हो ।

आज अपरान्ह काठमाडौं आउनु भएका चिनियाँ राष्ट्रपति सि सि चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभयो । उहाँले सिलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर्र स्वागत गर्नुभएको हो ।

photo source:setopati.com
photo source:setopati.com

चिनियाँ राष्ट्रपति सी को स्वागतको लागि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, मन्त्रीहरू विमानस्थल गएका थिए ।

यसैबिच, नेपाली सेनाले राष्ट्रपति सीलाई विमानस्थलमै सैनिक सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति सी विमानस्थलबाट सोझै होटल सोल्टी जानुभयो ।

राष्ट्रपति सीको कार्यतालिका

शनिबार
४ः५० बजे
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान
६ बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ।
६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।
७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।
आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।
१ः०० बजे
स्वदेश फिर्ता

Facebook Comments