चिनियाँ राष्ट्रपति सि को स्वागत सम्मानमा असोज २६ गते सार्वजनिक बिदा

आरजू/पोखरा, असोज २४ -चिनियाँ राष्ट्रपति सि जिनपिङको दुई दिने नेपालको राजकीय भ्रमणलाई मध्यनजर गर्दै आईतवार असोज २६ गते सरकारले सार्वजनिक बिदा दिएको छ ।

चिनियाँ राष्ट्रपति सी नेपालको राजकीय भ्रमणको लागि शनिवार असोज २५ गते नेपाल आउन लाग्नु भएको छ । उहाँको स्वागत तथा सम्मानको लागि मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्दै बिदा दिने निर्णय गरेको हो ।

कुनैपनि देशका राष्ट्र प्रमुख, विशिष्ट पाहुना नेपालको राजकीय भ्रमणमा आएको बखत नेपाल सरकारले सार्वजनिक बिदा दिने प्रचलन अवलम्वन गरेको छ ।

चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउन लाग्नुभएको छ । असोज २५ र २६ गतेको नेपाल भ्रमणको अवसरमा नेपाल चीनबिच महत्वपूर्ण विषयमा सम्झौता हुने संभावना रहेको सरकारी अधिकारीहरुले बताईसकेका छन् ।

Facebook Comments