चिनको साथमा पोखरेली कोरोना भाइरसबाट निधन भएकाहरुको सोकमा पोखरामा दिप प्रज्वलन

दीननाथ बराल पोखरा १९, फागुन

चिनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस हाल विश्वमा फैलिदै गर्दा पोखरेलीहरुले विश्वबाट उक्त भाइरस छिट्टै नियन्त्रणमा आवोस भन्दै कामना गरेकाछन्। छिमेकी मुलुक चिनसंगै नेपाल र पोखरेलीहरुले साथ दिने बताएकाछन्। एक देशलाई पर्ने विपद र महामारीका वेला सिंगो नेपाल र पोखरेलीहरु पनि एक भएको सन्देश दिन सोमबार पोखरेलीहरुले पोखरामा कोरोना सचेतना सहित ¥याली, दिप प्रज्वलन र हस्ताक्षर संकलन गरेकाछन्।

पोखरा पर्यटन परिषदले अगुवाई गरेको उक्त कार्यक्रममा पोखरेलीको साथमा विदेशी पर्यटक चाइनिज, भारतिय सहितका अन्य देशका पर्यटकहरु समेत सहभागि भएको परिषदका उपाध्यक्ष गोपी भट्टराईले बताए । पोखराको हल्लनचोकबाट सुरु भएको ¥याली पोखराको बाराहीचोकमा पुगेर समापन भएको थियो । उक्त कार्यक्रममा बोल्दै पोखरा महानगरका मेयर मान बहादुर जिसीले छिमेकी मुलुक चिनमा परेको यो विपतको वेला पोखरेलीहरु पनि उनीहरुको साथमा रहेको बताए । कोरोना भाइरस विश्वका धेरै मुलुकमा फैलिदै गएका वेला यसले नेपाल पनि प्रभाव पार्न सक्ने भएकोले पूर्व सावधानी आवश्यक भएको जनाए । कुनै पनि प्रकारका भाइरस मानव जातिका लागि राम्रो नहुने उनले जनाए ।

चाइनिज नागरिक सन्देशले चिनबाट सुरु भएको कोरोना भाइरस चिनले सावधानी अपनाउदा अपनाउदै धेरै देशमा फैलिएकोमा दुःख व्यक्त गर्दै नेपालको पोखराबाट एकिवद्धक्ता जनाएकोमा पोखरेलीलाई धन्यवाद दिए । पोखरामा संकलन गरिएको हस्ताक्षर चिनको वुहान प्रान्तका मेयरलाई चाइनिज राजदुतावास मार्फत पठाउने भएको परिषदका महासचिव डील्ली प्रसाद गौतमले बताए ।

Facebook Comments