चाडवाडमा रेडक्रस कास्कीका सेवा २४ सै घन्टा, सतर्क छौं : लामिछाने

पोखरा, असोज १८-नेपाल रेडक्रस सोसाईटी कास्कीले दशैं बिदाको समयमा २४ सै घन्टा आफ्नो सेवा प्रवाह गर्ने भएको छ ।

यस अवधिमा हना सक्ने विपदको प्रतिकार्य र व्यवस्थापनको लागि आफुहरु सतर्क अवस्थामा रहेको नेपाल रेडmस सोसाईटी कास्कीले बताएको छ । केन्द्रमा विपद व्यवस्थापनको लागि विभागिय उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा एउटा टोली बनाईएको छ ।

रेडक्रस कास्कीले बिगतका वर्षमा जस्तै यो वर्ष पनि चाडवाडको बेलामा २४ सै घन्टा रक्तसंचार सेवालाई संचालन गरेको रक्तसंचार सेवा गण्डकीका प्रमुख ध्रुवमणि लामिछानेले बताउनु भयो । उहाँका अनुसार दशैैं बिदामा रक्तसंचारका तीन जना ल्याव टेक्निसियनको टोली सेवा दिनेछन् । उनिहरुमा मञ्जु मगराती, सुजन लामिछाने र असि्मता पोडेल रहेका छन् ।

Facebook Comments