“चल्न माया चल…” लिएर आए गायक कृष्ण समिप सुवेदी(video)

आरजू विष्ट सल्यानी

अनलाइनअन्नपूर्ण/माघ २०, पोखरा

केटो :-चल्न माया चल
फिरिरि पात उडेर पर्यो पोखरीमा
तिम्रो माया कहाँ पर्यो दीलको टोकरीमा
चल्न माया चल
मन परेकी मान्छे भेटि भन्छु मैले आज
तिमी मेरी दीलकि रानी मै हो तिम्रो राजा
चल्न माया चल

यसपाली पर्वत कुश्माको महोत्सवमा एक घन्टासम्म निरन्तर गीत गाएर दर्शक श्रोतालाई उफ्रिउफ्रि नाच्न वाध्य बनाएका युवा पुस्ताका लोकिप्रीय गायकको नाम हो कृष्ण समिप सुवेदी ।

हँसिलो मुहार, चकलेटी जिउँडालका गायक सुवेदी आफु पनि स्टेजमा चढेपछि जोसिएर गाउँछनु भने मेला महोत्सव भर्न आएकाहरुलाई पनि नाच्न वाध्य बनाउँछन् । पर्वतबाट पोखरा हुँदै काठमाडौं जाने तयारीमा रहेका गायक सुवेदीसंग बस चढ्नु अघि उनको नयाँ सृजना “चल्न माया चल” का बारेमा छोटो भलाकुसारी गर्न भने मौका मिल्यो ।

नेपाली लोक दोहारी, लोक गीत वा आधुनिक सुगम स्वरको संरचनामा केहि नयाँ र भिन्नता खोज्ने अनि त्यस अनुरुपको प्रयोग गर्न रुचाउने कलाकार, गायक/संगीतकार कृष्ण समिप सुवेदीको अर्को परिचय संचारकर्मि हुनु हो । धेरैलाई सुन्दा थाहा नहुन सक्छ कि दोहोरी गायनमा गीतहरुको संयोजनमा सुटुक्क गीतारका पिसहरुलाई इन्सर्ट गराउने वा लोकाधुनिक गीतमा पाश्चात्य वाद्यवादनलाई पनि अन्माएर श्रोता/दर्शकको मन जितिरहेका गायक एक मनमा खोट नपालेर संघर्ष गरिरहेका कलाकार हुन ।

लोभिपापी मन भएपछि कोहि केहि समयमै अमीर बनेको र कोहि हातपाउ जोड्ने स्थितिमा पनि पुगेको अनुभव धेरैले गरेको हुनुहुपर्छ । अक्सर धेरै महत्वाकांक्षा नबोकेका मान्छेहरु आफ्नै सूरमा सूर, स्वर लगाई रहन्छन्, ईमान जमानलाई पाखा लगाएर अस्वाभाविक हर्कतहरु गर्नबाट बचिरहन्छन् र सालिन, साधारण परिवेशलाई आफ्नो गोरेटो ठानेर हिंडिरहन्छन् । त्यस्तै एउटा गायक कृष्ण समिपलाई चिन्ता पूर्वको हाकपारे, “सोई सोईला, हुर्र हाहाहा…”.हो भने मध्यको तामाङसेलो, काठ क्षेत्रको काठे भाका, तराईको भोजपुरी, थारु वा कहिले सुसुप्त अवस्थामै रहेको मध्य तथा सुदूर पश्चिमको देउडा अनि मध्यको टप्पा संस्कृतिको परेको भान हुन्छ ।

केटी :-तिम्रै यादमा डुल्छ यो मन दीलको दाँयाबाँया
हिडेको त मै हो प्यारे तिम्रै बन्छ छाँया
चल्न माया चल
मन परेको मान्छे भेटि भन्छु मैले आज
मै हुँ तिम्री दीलकि रानी तिमी तिम्रो राजा
चल्न माया चल

यो पालि देउडा शैलीको नयाँ गीतलाई आफ्नै यूट्यूव च्यानलबाट ल्याएको यो गीतले छोटै समयमा श्रोता दर्शकको अपार माया पाएको उनले हामीसंगको जम्काभेटमा बताए । यो गीत बनाउने क्रममा ६ महिना लागेको सुनाए । किनभने उले भने :“म गीत संगीतमा नयाँपन खोज्ने भएकोले होला अलि समय लागेको हो, यता गर्यो, उता गर्यो चित्त बुझ्दैन, अन्तमा केहि देउडाको पारामा लगेपछि बल्ल मज्जा आयो र यसैलाई पूर्णता दिने काम भयो ।”

“देउडाको कलर मलाई असाध्यै मीठो लाग्छ । हिजोका दिनदेखि मलाई मन पर्ने भाका देउडा पनि हो, त्यसैले कम प्रचलनमा रहेका भाकाहरुलाई प्रश्रय दिने मेरो आत्मैको चाहना भएकोले यसपालि “चल्न माया चल” बन्न पुग्यो । यो बाहिर ल्याएपछि धेरैले रुचाउनु नै मेरो गायनको सफलता हो । हाम्रा थुप्रै रङ्गहरु छन् नि त । के सधै मान्छेले एउटैै रङको कपडा लगाईरहेको हुन्छ र ? हुन्न नि । हामीसंग त सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्म अनेक अनेक रङका भाकाहरु छन् जस्लाई हामीले अझैं चिन्न र बुझ्न बाँकि नै छ ।

यो गीत भन्दा अर्को पहिले आउनु पर्ने थियो तर यो पहिले आयो । अर्को गीत तयारीमा छ केहि समय पछि ल्याउने सोंचमा छु उनले भने । म भाका निर्माण वा गीतको संरचना तयार पार्दा एउटै गीतमा तीन चार वटा ताल र भाकाको संयोजनलाई रुचाउँछु, उनले मुस्कुराउँदै भने :“यस्ले एक त गीतको स्वरुपलाई नयाँ बनायो, स्वादिलो र कर्णप्रिय बनायो अर्को भेगिए भाकाहरु भएका क्षेत्रका समुदायको आवाजलाई पनि संवोधन गर्ने काम भयो, यसो गर्दा अपनत्व गाढा हुन्छ भन्ने मेरो मान्यता हो ।” त्यसैले त जन्मियो नि “चल्न माया चल”………

Facebook Comments