घार्मीको ओमकारेशवर मन्दिरमा सतबीज छरियो

पोखरा, ०९ मंसिर-पोखराको धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सद्वीज छरिएको छ ।

वाला चर्तुदसी पर्वको अवसरमा स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका भक्तजन तथा अर्मला, पुरञ्चौर, भलाम, सार्दीखोला, हेम्जा, हरिपाउ, कुरेचौर र पोखराका विभिन्न क्षेत्रबाट पुगेका भक्तालुहरुले आफ्ना पितृको सम्झना गरी हजारौ भक्तजनले भगवान शिवको आराधना गरी मन्दिर परिसरमा सद्वीज छरेका थिए ।

credit:sishir poudel

स्थानिय सावित्री पौडेलको घरवाट वाजा गाजा र भजन किर्तन सहित धार्मिक परम्परा अनुसार फुलको डोली मन्दिर परिसरमा ल्याएपछि डोलीसंगसंगै सतविज छर्नेको घुईचो लागेको स्थानिय अभिशेक पौडेलले जानकारी दिनुभयो । साँझ सम्म पनि मन्दिरमा पूजा गर्ने र सदविज छर्न मन्दिर परिसरमा भत्तालुहरुको घुईँचो लागेको समितिका अध्यक्ष टीकाराम पौडेलले वताउनुभयो ।स्थानिय भजन मण्डलीले साझसम्म पनि भजन किर्तन गरेका थिए ।त्यस क्षेत्रमा पुगेका भतmजनहरुले घार्मीलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानिय वासिन्दालाई सुझाव दिएका छन ।

घार्मिमा पछिल्ला दिनमा दृश्य अवलोकनका लागी स्वदेशि तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन ।बाला चर्तुदशि पर्व र सिव रात्रीमा त्यस क्षेत्रमा धार्मिक मेलानै लाग्ने गरेको छ ।

Facebook Comments