घरको झगडा घरमै मिलाऔं :हिमालय क्लव(पत्रसहित)

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २७

हिमालय क्लव बाटुलेचौरले विभिन्न जातजाती मिलेर बसेको हाम्रो समाजको गरिमामा आँच आउने गरी भएका घटनाक्रमले अत्यन्त्यै दुखित बनाएको बताएको छ ।
क्लवका अध्यक्ष मोहन बहादुर थापा तथा सचिव सचिव प्रकाश थापाले आज एक बिज्ञप्ति जारी गरी सदियौंदेखि मिल्दै आएको समाजमा जातिय सद्भावनामा खलल नपरोस् भन्नाको खातिर दुवै पक्षलाई घरको झगडा घरमै मिलाउन अनुरोध गर्नुभएको छ । संस्थाले समन्वयकारी भूमिका निर्वाह गर्न सधैं तत्पर रहेको जानकारी गराउनु भएको छ ।
क्लवले दुवईमा निधन हुनु भएका शुभेच्छुक, सहयोगि सम्मर बहादुर सुनारको निधनले सिंगो क्लव परिवार स्तव्ध भएको बताएको छ । मिलनसार दाजु सुनारको आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

Facebook Comments