घटस्थापनमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले घटस्थापनामा (आइतबार) प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विहिबार बसेको मन्ति्रपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्य मन्त्री परिषदका मुख्य सचिव हरिप्रसाद बस्यालले बताए ।
घटस्थापनाको दिनमा यस अघि नेपाल सरकारले सार्वजनिक विदा दिदै आएको थियो । नेपालीहरुको महान पर्वको अवसरमा केही संघ संस्थाहरुले घटस्थापनाको दिनमा सार्वजनिक बिदा दिन माग गरे अनुसार प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदा दिएको हो ।

Facebook Comments