गोल्ड कप महापण्डित बस्नेतलाई २४ इन्चको एल्जी टिभि हस्तान्तरण (video)

अनलाइनअन्नपूर्ण/पोखरा चैत्र २

रेडियो अन्नपूर्णले सञ्चालन गरेको गोल्डकप माहापण्डित कार्यक्रम अन्तरगर्त महापण्डित घोष्णा गरिएका पोखरा माटेपानी ढिकालेथर निवासी सुबास बस्नेतलाई आज रेडियो पोखरा कल ईन कार्यक्रममा २४ इन्चको एल्जी एलइडी टिभि हस्तान्तरण गरिएको छ ।
साहारा कल्ब पोखराले आयोजना गरेको १८ औ संस्करणको आहा ! रारा गोल्ड कप २०७६ अन्तरगर्त चैत्र १ गतेको मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लबबीचको खेल कस्ले जित्ला ? भन्ने रेडियोबाट सोधिएको प्रश्नमा सहि जबाफ दिएर लक्की ड मार्फत बिजेता बनेका बस्नेतलाई डिजिटल साउन्ड एण्ड भिजन न्यूरोडको तर्फबाट उक्त टिभि प्रदान गरीएको हो ।
रेडियोको नियमित कार्यक्रम पोखरा कल ईन मार्फत रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखे, डिजीटल साउड एण्ड भिजनका मनोहर श्रेठ, साहारा क्लबका अध्यक्ष केशब बहादुर थापा, रेडियोका सिइयो दिपेन्द्र श्रेष्ठ, मार्केटिङ म्यानेजर भोलाकुमार श्रेष्ठ, समाचार प्रमुख आरजु बिष्ट सल्यानीले संयुक्त रुपमा टिभि हस्तान्तरण गर्नुभएको थियो ।
हस्तान्तरण कार्यक्रमा बोल्दै रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले महापण्डित कार्यक्रमले पनि आहा ! रारा गोल्ड कपलाई बिषेश सहयोग पुर्याको र आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
डिजीटल साउड एण्ड भिजनका संचालक मनोहर श्रेष्ठले रेडियोबाट पनि आफ्नो बिजनेशमा सहयोग भएको बताउनु भयो । सहारा कल्बको फुटवल तथा सामाजिक कामको प्रशंसा गर्दै सहाराको क्रेजलाई सहयोग गरेको र यसलाई निरन्तरता दिने बताउनु भयो । एलइडि टिभिको जमाना रहेकाले यसलाई सजिलै राख्न सकिने, आखाँलाई असर नर्गने भएकोले सबैलाई प्रयोग गर्न आग्रह गर्नुभयो ।
आहा ! रारा गोल्ड कप आयोज सहारा कल्बका अध्यक्ष केशब बाहादुर थापाले शुरुमा ग्राउण्डको समस्या भएको तर त्यो समस्या समाधान भएपछी कोरोनाको त्रास भएको बताउदै सम्बन्धित पक्षसगँ सहकार्य गरेर सफलतापूर्बक खेल सम्पन्न भएको बताउनु भयो ।
टिभि बिजेता सुबास बस्नेतले गाडिमा हिडिरहेको बेलामा फोन आएर तपाई बिजेता बन्नु भएको छ भन्दा आफु निकै खुसी भएको बताउनु भयो । साथै उहाँले आफु फुटबल प्रेमी भएको बताउनु भयो ।

रेडियोले हरेक दिनको खेलसगँ सम्बन्धित प्रश्न सोधेको थियो भने विजतोलाई सेभेन बि फोन जोन बुद्ध बिशाल बजारको तर्फबाट एक थान मोबाइल सेट र हिमश्री फुड्को उत्कृष्ट उत्पादन एक काटुर्न रारा चाउचाउ प्रदान गरेको थियो । साथै खेल अबधिभर रेडियोबाट हरेक दिन बेलुका ७.४५ दखि ८.४५ आहा रारा गोल्ड कप बिषेश कार्यक्रम समेत संचालन गरिएको थियो । अन्तिम सेमीफाइनलको दिन संचालित कार्यक्रमका विजेत बनेका पोखरा न्यूरोडका शािलकराम पौडेललाई नदीपुरस्थित आभा स्टोरको तर्फबाट प्राप्त आकर्षक गिफ्ट ह्याम्पर सोहि अवसरमा प्रवन्ध निर्देशक पालिखेले प्रदान गर्नुभयो ।

by:aarju
Facebook Comments