गोरखामा फुटवल मैदानको स्तरोन्नतीको लागि सहयोग अपिलःअध्यक्ष अमित खत्री(video)

मंसिंर २८, पोखरा-गोरखामा फुटवल विकासको लागि लागिरहेको द ओसन क्लवले अहिले दलभञ्याङ ९ मा आधुनिक र सुविधासम्पन्न खेल मैदानको स्तरोन्नती शुरु गरेको छ ।

४६ मिटर लम्बाई र २३ मिटर चौडाईको टर्फ विच्छ्याउन करीव ३१ लाख २२ हजार ५ शय ४४ रुपैया खर्च लाग्ने द ओसन क्लवका अध्यक्ष अमित खत्रीले बताउनुभयो । त्यसमध्ये कृत्रिम घाँसे कार्पेटका लागि २३ लाख र मैदानको स्तरोन्नतीका ८ लाख रुपैया खर्च लाग्ने उहाँको भनाई छ ।

गोरखामा फुटवल विकासको लागि लागिरहेको द ओसन क्लवले मैदानको स्तरउन्नतीको काममा सहयोगको अपिल गरेको छ ।

by:aarju
by:aarju
Facebook Comments