गृहमन्त्रीको छोराको डिएनए परीक्षण गर्नुपर्छ जितजंग बस्नेत

काठमाडौँ कार्तिक १० । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका छन्।

कञ्चनपुरकी बालिका पन्तको हत्यारा अझै पनि पत्ता नलागिरहेका बेला प्रमुख प्रतिपक्ष दल काँग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष बस्नेतले हत्याकाण्डका तथ्य बाहिर ल्याउन गृहमन्त्री थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका हुन्।


तरुण दलको ६६ औं स्थापना दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बस्नेतले गृहमन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डिएनए परीक्षण गरौं भन्ने आफूले आग्रह गरेको बताए।

Facebook Comments