गुल्मीमा दुई बालबालिकासहित तीन जनाको शव भेटियो

गुल्मी कात्तिक १६ । गुल्मी को चन्द्रपुर गाउँपालिकाको जंगलमा दुई बालबालिकासहित तीन जनाको शव भेटिएको छ।शनिबार बिहान चन्द्रपुर–३ पोखरीयाको जङ्गलमा तीन जनाको शव फेला परेको गुल्मी प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले जानकारी दिए।

अन्दाजी २६ वर्षीया महिला, सात वर्षीय बालक र पाँच वर्षीया बालिकाको शव फेला परेको हो। स्थानीयले घाँस दाउरा गर्नेक्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Facebook Comments