गुरुङ नेपालको राष्ट्रपति प्रधानमन्त्री बन्नुपर्दछः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ झाँकीमा नौलो सम्झना, छेलोमा निरज गुरुङ प्रथम

पोखरा, १६पुस । तमु समुदायको नयाँबर्ष, महान चाड अर्थात राष्ट्रिय पर्व तमु ल्होछार÷ल्होसार कस्केली तमुहरुकाले बुधवार सामुहिकतामा मनाएको छ।फो ल्हो(मृग वर्ग)को बिदाई र च्यु ल्हो(मुसा वर्ग)को आगमनको अवसरमा पोखरेली तमुहरुले पुस १५ गतेसम्म तमु संघ संस्था समाजहरुले विविध ल्होछार मनाए पनि पुस १६ गते विगतका वर्षहरुमा जस्तै यस पटक सामुहिक रुपमा मनाएको हो। २०६८ सालदेखि पुस १६ गते पोखराका तमु संघ संस्थाहरुले सामुहिक रुपमा मनाउदै आउने क्रममा सामुहिक च्यु ल्होछार÷ल्होसार पोखरा २९ स्थित भण्डारढिक खेल मैदानमा धुमधामका साथ मनाएको हो। तालचोकबाट तमु पोशाक, बाजागाजा झाँकीसहित च्यु ल्होछार÷ल्होसार शुभकामना र्याली शुरु भई भण्डारढिक खेल मैदानमा पुगी समारोहमा परिणत भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै च्यु ल्होछारको शुभकामना व्यक्त गर्नुभयो। शुभकामना व्यक्त गर्दै उहाँले तमुहरु अब नेपालको राष्ट्रपति, प्रधानमन्त्री बन्नुपर्दछ भन्नुभयो। तमुहरुको नेपालको प्रधानसेनापति, प्रहरी प्रमुख भई सेवा गरी सकेको भए पनि अब मुख्यन्यायधिश, मुख्यसचिव, प्रधानमन्त्री र राष्ट्रपति हुने गरी तयारीमा जुट्नुपर्ने उहाँको भनाई थियो।जस्का लागि राजनीतिमा क्रियाशीलता र लोकसेवाको तयारीमा जुट्नुपर्ने बताउनुभयो।

मुख्यमन्त्री गुरुङले तमु लगायत हिजै देखि विभेदमा पारिएको महसुस गरेका समुदायको समानता, स्वाभिमान, पहिचान र अधिकारका आवाज उठाउदा जातियता देख्नु दोष भएको बताउनुभयो। नेपाल एकिकरण पृथ्वीनारायण शाहले मात्रै गरेका होइन्, सिन्धुलीगढीमा बशुं गुरुङहरुले बीरता प्रस्तुत नगरे नेपाल उपनिवेश मुलुक बन्थ्यो, प्रल्हाद र नाथुहरु लगायत हजारौं गुरुङहरुको योगदानको सम्मानका लागि समुदायको पहिचानको सम्बोधन हुनुपर्दछ भन्नुहुदै समानता, विभेद मुक्ति, पहिचानकै सम्मानका लागि संघीयता ल्याएको भन्दै संघीयता विरोधीको हल्ला पछि नलाग्न गुरुङहरुलाई सुझाउनुभयो। मुलुक संघीयताको कार्यान्वयमा भएकाले पहिचानलाई नेपालको विकास र समृद्धिसँग जोड्नुपर्दछ होइन भने पहिचान खोक्रो बन्ने मुख्यमन्त्री गुरुङको भनाई थियो।

तमुहरुको नयाँवर्ष ल्होछारमा पुस १५ गते सार्वजनिक विदा हुनुपर्दछ, संघीय सरकारसँग विदाको माग मेरो पनि हो भन्नुहुदै तमुहरुको काठमाण्डौं टुडिखेलमा धुमधामका साथ ल्होछार मनाउन आफुहरुको पनि पहलले एकै ठाँउमा आउन सकेको हो भन्नुहुदै उहाँले तमुवानको राजधानी पोखरामा आगामीवर्षदेखि हुने ल्होछार महोत्सवमा गण्डकी सरकारको साथ हुने प्रतिवद्धता व्यक्त गर्नु भयो। गुरुङको सँस्कृति नेपालकै सँस्कृति भएकाले सरकारले साँस्कृतिक सम्पत्ति संरक्षणमा पहल गर्नुपर्ने बताउनुभयो।

मुख्यमन्त्री गुरुङले भुपू सैनिकका विषयमा बोल्नुहुदै गेसोहरुले नभई सरकारले बेलायत र भारतसँग भिन्दा भिन्दै छलफल गर्नुपर्ने बताउनुभयो। विगतको त्रिपक्षिय सम्झौता खारेज गरी सरकारले नै भुपू सैनिका विषयमा पहल गर्नुपर्ने उहाँको भनाई थियो।

सामुहिक ल्होछार÷ल्होसार मुल आयोजक समितिका संयोजक तथा ङयोए तमु धीं लेखनाथका अध्यक्ष प्राध्यपक मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै तमुहरुको एकता, सामुदायिक अधिकार,पहिचानको अरुसँग प्रतिष्पर्धा हुने गरी तमुहरुको सक्षम हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति प्रमुख अतिथि बनेर तमु ल्होछारका दुई शुभकामना समेत व्यक्त नगर्नु तमुहरुको अपमान गरिएको भन्दै पुस १५ ल्होछारमा गण्डकी प्रदेश मात्रै नभई खोसिएको बिदा अर्थात सार्वजनिक विदा पाउनुपर्ने माग गर्नुभयो।

तमु ह्युल छोंज धी कास्कीका सचिव आसबहादुर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा तमु कलाकार संघ गण्डकी प्रदेशका कलाकारहरु तथा गुरुङ फिल्म एशोसियशन नेपालका कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए।

यसै विच ल्होछार र्यालीको झाँकी तर्फ नौलो सम्झना तमु समाज प्रथम हुदै २० हजार, शान्ति रुपा बराहथोक तमु समाज दोश्रो हुदै १५ हजार र नवज्योति आमा समुह तेश्रो हुदै १० हजार रुपैयासहित पुरस्कृत भएको मुल्यांकन समिति सदस्य चेतबहादुर गुरुङले जानकारी दिनुभयो।

यस्तै गरी समाजसेवी टेकसाई गुरुङको स्मृतिमा उहाँको छोरा मादी गाँउपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)द्धारा प्रायोजित खुल्ला छेलो प्रतियोगितामा बगालेटोल तमु समाजका निरज गुरुङ प्रथम हुदै १५ हजार र जिफानका राजेश गुरुङ दोश्रो हुदै १० हजार रुपैयासहित पुरस्कृत हुनुभएको छेलो प्रतियोगिता संयोजक क्या.बीरबहादुर गुरुङले जानकारी दिनुभयो।

यसैविच आगामी वर्षदेखि ल्होछारलाई महोत्सवकै रुपमा मनाउनका लागि तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ संयोजक र गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका अध्यक्ष भोजबहादुर गुरुङ सहसंयोजक र पोखरामा रहेका सम्पुर्ण तमु संघ संस्था आयोजक सदस्य रहने गरी आयोजक समिति गठन गरिएको छ। कार्यक्रममा २०७७ सालको संयोजक, सहसंयोजकलाई २०७६ सालका संयोजक मनबहादुर गुरुङले खादा लगाएर जिम्मेवार हस्तान्तरण गर्नुभएको थियो।

Facebook Comments