गुरुङको एकै घरमा ३ जना स्वास्थ्य पिडित, सहयोगको अपिल

हङकङमा कार्यरत नेपाली दिदी बहिनीहरुबाट ५२ हजार सहयोग

पोखरा, २९ मंसिर-कास्की जिल्ला, रुपा गाँउपालिका वडा नं.६ तालवेसी देविस्थानको एकै घरमा ३ जना गम्भीर स्वास्थ्य समस्याबाट पिडितछन्। दैव पनि दुःखीकै घरमा भने झै आर्थिक अवस्था कमजोर रहेको ३६ वर्षिय गणेश गुरुङ आफै दुवै मिर्गौला पिडित, ८ वर्षिय छोरा रितिक गुरुङ दुर्घटना पश्चात घाँटीबाट श्वासप्रश्वास गर्नुपर्ने अवस्था र ७० वर्षिया आमा टिकामाया गुरुङ पक्षघातबाट पिडित हुनुहुन्छ।पिडित गुरुङले उपचारका लागि सहयोगको आग्रह गर्नुएको छ।

आग्रह पश्चात दुवै मिर्गाैला पिडित ३६ वर्षिय गणेश गुरुङलाई हङकङमा कार्यरत नेपाली दिदी बहिनीहरुले स्वास्थ्योपचारका लागि सहयोग गरेकाछन्। दिदिवहिनीहरुबाट संकलित ५२ हजार ४० रुपैया सामाजिक अभियन्ता नन्दा गुरुङले पिडित गणेश गुरुङकै निवासमा पुगी उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।

हङकङमा कार्यरत दिदिवहिनीहरु लक्ष्मी गुरुङ ५ सय हङकङ डलर, सरस्वती गुरुङ ५ सय हङकङ डलर, बबिता गुरुङ ५१० डलर, दुर्गा गुरुङ, कृष्णा गुरुङ र रुपा गुरुङ दुई, दुई सय डलर, मेनुका राई, राजु गुरुङ, शान्ता गुरुङले जनही १५० डलर, हेमा गुरुङ, आस्मा गुरुङ , देविका राईले जनही १०२ डलर, नम्रता गुरुङ, रेनुका गुरुङ, सिता गुरुङ, विन्दु थापा, बिना राई, मन्दिपा गुरुङले जनही एक एक सय डलर, कल्पना गुरुङ र बिनु कार्कीले पाँच पाँच सय रुपैया सहयोग गर्नुभएको हो।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी नन्दा गुरुङको श्रीमान् एवं रामबजार सोसाईटी यु.के. पूर्व अध्यक्ष रुपक गुरुङले १० हजार र रामबजार सोसाईटी यु.के.का उपाध्यक्ष रीता गुरुङले ५ हजार रुपैया सहयोग स्वरुप प्रदान गर्नु भएको सामाजिक अभियन्ता शिक्षाविद महेस गुरुङले जानकारी दिनुभयो।

पिडित गुरुङले अहिले हप्तामा तीन पटक डायलसीस गरिरहनु भएको छ। आर्थिक अवस्था समेत कमजोर रहेको मिर्गौला प्रत्यारोपणका लागि अहिलेसम्म साथ सहयोग पाइरहेका छैनन भने उनले आफ्नो जीवन रक्षाका लागि सहयोगको समेत आग्रह गर्नुभयो।

दैवको लिला पनि अचम्मको जो पिडित छ उसैलाई पिडा भने झै मिर्गौला पिडित गुरुङको ८ वर्षिय छोरा रितिक गुरुङको घाँटीबाट श्वासप्रश्वास गर्नुपर्ने अवस्थामा बिस्तारामै छन्। ४ बर्ष अघि घरको तिनतलाबाट अचानक दोस्रो तलामा खस्न गई टाउकोमा गहिरो चोट लागि घाँटीबाट श्वासप्रश्वास गर्नुपर्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा विस्तारामै पुर्ण हेरचाह र सेवा गर्नुपर्ने अवस्थाले मिर्गौला पिडित गणेश अत्यन्तै समस्यामा रहेकाछन्। आफ्नो उपचार एकातिर छ भने छोराको उपचारका लागि मासिक २० हजार जसोतसो खर्च जुटाउनुपर्ने पिडा गणेशलाई छ।

त्यति मात्र कहाँ हो र मिर्गौला पिडित गणेश गुरुङको ७० वर्षिया आमा टिकामाया गुरुङ १० बष देखि पक्षघातबाट पिडित हुनुहुन्छ।

आर्थिक अवस्था कमजोर भएको एउटै घरका तीनजनाको उक्त पिडा र दयनीय अवस्था देखेर रामबजार सोसाईटी युकेकी उपाध्यक्ष समाजसेवी रीता गुरुङ आफ्नो परिवार र रामबजार सोसाईटी यु.के., आÇना साथीहरुलाई आÞवान गरि छोराको उपचारको लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। सेवा र धर्म गर्न मन्दिर भन्दा एकै घरमा तीन जना गम्भीर स्वास्थ्य समस्याबाट पिडित गुरुङ परिवारलाई सहयोग गरेमा धेरै धर्म मिल्ने भन्दै उहाँले देश विदेशमा रहनुभएका नेपाली दाजु भाई, दिदी बहिनीहरुमा सहयोगको लागि अपिल गर्नु भएको छ।

Facebook Comments