गरिमाको ८५ औं शाखा लेखनाथमा

लेखनाथ  २४ कात्तिक ।  गरिमा विकास बैकले आफनो ८५ औं साखा पोखरा–२७ को तालचोकमा स्थापना गरेको छ । स्थापनाको छोटो समयमा नै चर्चा कमाएको बैकले जनताको घर आगनमा नै सेवा दिने उदेस्यले साखा विस्थारको अभियान अन्तरगत आईतवार लेखनाथ साखाको उद्घाटन गरेको हो ।

नयाँ साखाको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले बैक र ब्यवसायी एक आर्कोको सारथी भएको विचार राख्दै बैक तथा वित्तिय सस्थाको आगवनले यस क्षेत्रको विकासमा सहज हुने र लगानीका सम्भावना वढ्ने धारणा राखेका थिए ।

बैक तथा वित्तिय क्षेत्रको बिकासमा संघ सहयोगीको भुमिकामा रहेकाले लगानीका अवसरहरु सृजना गरि ब्यवसायीको आय आर्जनमा लगानीमैत्री वातावरण सृजना गर्न बैकहरुलाई ढकालले अनुरोध गरेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरी र पोखरा महानगरपालिका वडा नं २७ का वडा सदस्य शेखरनाथ लामिछानेले विकास र बैक एक आर्काक परिपुरक भएकाले बैकहरुले साना ब्यवसायीहरुलाई पनि सहुलिय दरमा ऋण प्रवाह गरि ब्यवसायीकमैत्री वातावरण सृजना गर्नुपर्ने सुझाव दिएका थिए ।

गरिमा विकास बैकाका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बैकको आर्थीक अवस्थाका बारेमा जानकारी गराउदै सेवामैत्री भावनाले आफुहरु अगाडी वढेको र केही गर्छु भन्ने जोस र जागर भएका ब्यवसायिलाई बैकले कम दरमा ऋण प्रवाह गरि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

गरिमा विकास बैक लेखनाथ साखाका प्रमुख सुर्य रानाभाटले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन संचालक समितिका सदस्य श्याम प्रसाद बस्यालले गरेका थिए ।

Facebook Comments