गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पतालमा ओ.पि.डी सेवा संचालन

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख ३०

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा प्रदेश सरकारको तर्फबाट कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासहरु, चूनौती र सुधार गर्नुपर्ने पक्षका बारेमा मंगलवार छलफल गरिएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माका अनुसार मंगलवारदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्मिाञ्चल अस्पतालमा ओ.पी.डी सेवा संचालन गरिएको छ । यस्तै पर्वत अस्पताल तथा धौलागिरी अस्पताल बागलुङको निरिक्षण गर्ने काम भएको छ भने स्याङजामा एक अन्र्तक्रिया सम्पन्न भएको छ ।

अहिलेसम्म गण्डकी प्रदेशमा ७३४ जनाको नमूना संकलन गरिएको छ भने ७२७ जनाको परिक्षण नेगेटिभ पाईएको छ । पाँच जनाको परिक्षण परिणाम आउन बाँकि रहेको छ भने संक्रमित २ जना निको भएर घर फर्कि सक्नु भएको छ ।

मंगलवारसम्म गण्डकी प्रदेशमा ६ हजार ५२७ जनाको आरडीटी परिक्षण गरिएको स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

Facebook Comments