गण्डकी प्रदेश स्वास्थ्य गतिविधि :के छ त पछिल्लो अवस्था ?

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २८

हालसम्म गण्डकी प्रदेशमा ६९५ जनाको नमूना संकलन गरिएको छ । आज ५ जनाको पीसीआर परिक्षणको लागि नमूना संकलन गरीएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।
६८५ जनाको परीक्षण नतिजा नेगेटिभ देखिएको छ भने ३ जनाको नतिजा आउन बाँकि रहेको छ । २ जना निको भएर यसअघि नै घर गईसकेका छन् ।
आजसम्म गण्डकी प्रदेशमा ६ हजार ४८४ जनामा आरडीटी परीक्षण गरीएको डा.शर्माले जानकारी दिनुभएको छ ।

Facebook Comments