गण्डकी प्रदेश सरकारले तीनै तहको सुरक्षा निकायलाई १५÷१५ लाखको दरले ४५ लाख रुपैया दिने

दीननाथ बराल पोखरा १, वैशाख

गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड—१९) को रोकथाम र नियन्त्रणको लागि प्रदेशका तीन वटै सुरक्षा निकायलाई १५÷१५ लाखको दरले ४५ लाख रुपैया दिने भएको छ । प्रदेश सरकारको आइतबार बसेको मत्रिपरिषदको ३९ औं तथा २०७६ सालको अन्तिम बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।

उनका अनुसार नेपाली सेनाको पश्चिम पृतना हेड क्वाटर (विजयपुर व्यारेक) गण्डकी प्रदेश प्रहरी कार्यालय र शसस्त्र प्रहरी वल मुक्तिनाथ बाहिनीलाई कोभिड—१९ को स्वास्थ्य सामाग्रि तथा अन्य उपकरणहरु खरिद गर्न १५÷१५ लाख रुपैया विनियोेजन गरिएको छ । कोरोना भाइरस सरुवा रोग (डेडिकेड) अस्पतालमा उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने र अन्य कर्मचारीलाई दैनिक रुपमा खाना बस्न सुत्नको लागि २ हजार २ सय ५० रुपैया दिने निर्णय समेत गरेको प्रवक्ता बस्नेतले बताए ।

स्थानिय निकायहरुले ठाउँ ठाउँमा क्वारेनटाइन बनाएकोले गर्दा क्वारेनटाइनमा बस्नेहरुको लागि समेत प्रदेश सरकारले केही रकम दिने भएको उनले जनाए । क्वारेनटाइनमा बस्नेहरुको लागि दैनिक ५ सय १० रुपैया दिने भएको प्रवक्ता बस्नेतले जनाए । लेखनाथ सामुदायिक लायन्स अस्पताल प्रदेशमा ल्याउन पहल गर्ने भएको उनले जनाए । उक्त अस्पताल मर्मत संहार गरी प्रदेशको नमुना अस्पतालको रुपमा विकास गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले जनाए ।

यसैबिच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ बर्षको शुभकामना सन्देस समेत दिएकाछन्। मुख्यमन्त्री गुरुङले भिडियो शन्देश जारी गर्दै २०७६ साल समग्रमा उत्साहजन रहेको बताउदै प्रदेशबासीलाई नयाँ बर्ष २०७७ को शुभकामना ब्यत्त गरेका हुन्। प्रदेश सरकारले अघि सारेका योजनाहरु द्रुत गतिमा अघि बढेका वेला कोराना भाईरसको संक्रमणका कारण कठिनाई उत्पन्न भएको उल्लेख गरे । राहत बितरणमा केही वडाहरुमा समस्या देखा परेकोले त्यसलाई छिट्टै व्याबस्थापन गर्न आग्रह गरे ।

स्वास्थ्य सम्बन्धी कुनै समस्या परेमा नजिकको स्वास्थ्य संस्था वा प्रदेश सरकारबाट सञ्चालित हेलो डाक्टर कक्ष को निःशु्ल्क टेलिफोन सेवा(टोल फ्रि) नम्बर १०९२ मा सम्पर्क गर्न अनुरोध गर्दै मुख्यमन्त्री गुरुङले आपूर्ति व्यवस्थालाई सहजबनाउन, आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र कोरोना भाइरस फैलिननदिन र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन प्रदेश सरकार एकजुट भएर अघि बढ्न प्रतिवद्ध रहेको उल्लेख गरे ।

Facebook Comments